

-
गएको महिना चीनबाट अमेरिकामा भएको निर्यात पूर्वानुमानभन्दा बढी रहेको सरकारी तथ्याङ्कले देखाएको छ । वाशिङ्टन र बेइजिङले एकअर्कामाथिको कर घटाउने सम्भावित सम्झौतामा सहमति जनाएपछि चीनको निर्यात जुन महिनामा अपेक्षा गरिएभन्दा बढेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
चीनको सामान्य कर प्रशासनको तथ्याङ्क अनुसार निर्यात अघिल्लो वर्षको यही महिनाको तुलनामा ५ दशमलव ८ प्रतिशतले बढेको छ । यो अर्थशास्त्रीहरूले ब्लुमबर्ग सर्वेक्षणमा गरेको ५ प्रतिशतको पूर्वानुमानभन्दा धेरै हो ।
यस्तै यो अवधिमा अमेरिकातर्फको आयात १ दशमलव १ प्रतिशतले बढेको खबरमा उल्लेख छ । यो अघिल्लो वर्षको जुन महिनाको भन्दा ० दशमलव ३ प्रतिशतले धेरै हो र यो वर्ष देखिएको पहिलो वृद्धि हो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको व्यापक कर वृद्धिका कारण वाशिङ्गटनसँगको व्यापार युद्धका कारण आर्थिक वृद्धिलाई निरन्तरता दिने बेइजिङको प्रयास प्रभावित भएको छ, यद्यपि गएको महिना बेलायतको लन्डनमा भएको वार्तामा दुई देशबीचको विवाद कम भएको थियो ।
आज आयोजित पत्रकार सम्मेलनमा भन्सार अधिकारी वाङ लिङ्जुनले अमेरिकी करवृद्धिको युद्धविराम कठिन जीत रहेको बताए । धम्काएर वा जबरजस्ती गरेर बाहिर निस्कने कुनै उपाय नभएकाले संवाद रसहकार्य नै सही बाटो रहेको उनको भनाइ छ ।
News Desk 0 response सोमवार, असार ३०, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


