

-
टेक्सास : शुक्रबार आएको भीषण बाढीका कारण संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा कम्तीमा ७८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४१ जना अझै बेपत्ता छन्।
मृत्यु हुनेमध्ये ६८ जना केअर काउन्टीका रहेका छन्, जसमा २८ बालबालिका पनि समावेश छन्। यस काउन्टीमा एउटा नदी किनारमा रहेको क्रिश्चियन बालिका शिविर ९क्याम्प० बाढीले डुबेको थियो। क्याम्प मिस्टिकका १० बालिका र एक सल्लाहकार अझै बेपत्ता छन्।
अधिकारीहरूले मृत्यु हुनेको संख्या बढ्ने निश्चित रहेको बताएका छन्। आगामी २४:४८ घण्टामा यस क्षेत्रमा थप वर्षा हुने सम्भावना छ, जसले उद्धार कार्यमा बाधा पुर्याउन सक्छ। उद्धार टोलीहरूले हिलो र भग्नावशेषमा हराएका मानिसहरूको खोजी गर्दा विषालु सर्पहरूको पनि सामना गरिरहेका छन्।
बाढी आएको तीन दिनपछि, टेक्सासको हालको इतिहासमा सबैभन्दा ठूलो खोजी तथा उद्धार प्रयास अब शव सङ्कलन अभियानमा परिणत हुँदैछ। केअर काउन्टीमा फेला परेकामध्ये १८ वयस्क र १० बालबालिकाको अझै औपचारिक रूपमा पहिचान हुन बाँकी छ।
टेक्सासका गभर्नर ग्रेग एबोटले आइतबार अधिकारीहरूले हरेक बेपत्ता व्यक्तिलाई फेला पार्न ‘कुनै कसर नछोड्ने’ बताएका छन्। खोजको मुख्य केन्द्र ग्वाडालुपे नदीको किनारमा अवस्थित लोकप्रिय ग्रीष्मकालीन बालिका शिविर क्याम्प मिस्टिक रहेको छ, जसले ठूलो क्षति भोगेको छ।
यो विपत्ति शुक्रबार बिहान सबेरै भएको थियो जब अधिकांश शिविरार्थीहरू सुतिरहेका बेला नदीको जलस्तर ४५ मिनेटको अवधिमा ८ मिटरसम्म बढेको थियो।
News Desk 0 response सोमवार, असार २३, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


