

-
थाईल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङटार्न शिनावात्रालाई निलम्बन गरेको छ । कम्बोडियन नेता हुन सेनसँगको टेलिफोन कुराकानी सार्वजनिक भएपछि केही दिन यता सिनावात्रा विरुद्ध प्रदर्शनहरु हुँदै आएका थिए ।
हुनसेनसंगको टेलिफोन वार्तामा प्रधानमन्त्री पेटोङटार्नले उनलाई ‘काका’ भनेर सम्बोधन गर्दै र थाई सैन्य कमाण्डरको आलोचना गरेको क्लिप सार्वजनिक भएको थियो । त्योसंगै उनका विरोधीहरुले राजीनामा माग्दै सडकमा प्रदर्शन गरेका थिए भने बर्खास्तीको माग गर्दै संवैधानिक अदालतमा निवेदन दिएका थिए । त्यसैको आधारमा अदालतले उनलाई निलम्बन गरेको हो ।
थाइल्याण्ड र कम्बोडियाबीच सिमा विवाद कायम छ । यस्तो बेला प्रधानमन्त्रीले नै हुनसेनलाई काका भन्दै सम्बोधनसहित आफ्नै देशको सैनिक नेतृत्वको आलोचना गर्नु राष्ट्रघात भएको आलोचकहरुको दावी छ ।
प्रधानमन्त्री पेटोङटार्नले भने उक्त टेलिफोन कुराकानीको पुरै अंश नसुनी हचुवाको आधारमा विश्लेषण गरिएको आरोप विपक्षीहरुमाथि लगाउँदै आएकी छन् । उनले आफ्नो स्वार्थको लागि केही नगरेको बताउँदै अराजकताबाट देशलाई कसरी बचाउने, लडाइँबाट कसरी बच्ने र ज्यान गुमाउनबाट कसरी बच्ने भन्ने बारेमा मात्र सोच्ने गरेको बताउँदै आएकी छन् ।
यदि तपाईंले यसलाई ध्यानपूर्वक सुन्नुभयो भने, तपाईंले बुझ्नुहुनेछ कि मेरो कुनै खराब मनसाय थिएन’ उनको भनाइ छ ।
प्रधानमन्त्रीबाट निलम्बन गरिए पनि पेटोङटार्नले संस्कृति मन्त्रीको रुपमा भने काम गरिरहन र उनलाई १५ दिन भित्र आफ्नो बचाउको लागि उपस्थित हुन अदालतले आदेश दिएको छ । त्यो सुनुवाई पछि बल्ल उनी प्रधानमन्त्रीबाट हट्ने वा पुर्नवहाली हुने भन्ने निर्णय गरिने बताइएको छ ।
उनको निलम्बनसंगै उपप्रधानमन्त्री सुरिया जुआनग्रुनग्रुङकिट काम चलाउ प्रधानमन्त्री नियुक्त भएका छन् ।
पेटोङटार्नले पैतोङटार्न थाइल्याण्डको राजनीतिमा निकै शक्तिशाली रहेको शिनावात्रा परिवारबाट प्रधानमन्त्री हुने तेस्रो व्यक्ति हुन् । उनका पिता थाकसिन र फुपु यिङलक सिनावात्रा यसअघि नै प्रधानमन्त्री भैसकेका छन् ।
News Desk 0 response मङ्लबार, असार १७, २०८२

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



