

-
इजरायलले इरानको फोर्दो परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी आक्रमणबाट क्षतिग्रस्त भएको एक दिनपछि इजरायलले फोर्दो परमाणु केन्द्रमा पुग्ने पहुँच मार्गहरूमा नयाँ हवाई आक्रमण शुरू गरेको बीबीसीले जनाएको छ ।
इजरायली सेनाले इरानमा अभूतपूर्व बल प्रयोग गर्दै आक्रमण गरिरहेका रक्षामन्त्री इजरायल काट्जले बताएका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा नेतृत्व परिवर्तनको सम्भावना रहेको टिप्पणी गरेका छन् । उनको टोलीले अमेरिकी आक्रमणको उद्देश्य शासन परिवर्तन गर्नु नभएको बताएको केही घण्टापछि नै ट्रम्पले इरानमा नेतृत्व परिवर्तनको सम्भावना रहेको बताएका हुन् ।
इरानले अमेरिकी आक्रमणको निर्णायक प्रतिक्रिया दिने वाचा गरेको छ । अमेरिकाले इरानको फोर्दो, नटान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रहरूमा आक्रमण गरेको थियो ।
यसैबीच इरानको संसद्ले हर्मुज जलमार्ग बन्द गर्ने प्रस्ताव अनुमोदन गरेको छ । तर यसको कार्यान्वयन भने देशका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले गर्नुपर्छ ।
युरोपेली सङ्घले इरानलाई हर्मुज जलमार्ग बन्द नगर्न आग्रह गरिरहेको छ । यस्तै अमेरिकाले चीनलाई प्रमुख ढुवानी मार्गमा इरानमाथि दबाव दिन आग्रह गरेको छ ।
हर्मुज जलमार्ग इरानसँग जोडिने पर्सियन खाडी र ओमानको खाडी हुँदै अरब सागरसम्म पुग्ने बाटो हो । तेल उत्पादन गर्ने थुप्रै खाडी देशहरूले यो जलमार्ग प्रयोग गरेर तेल निर्यात गर्ने गर्छन् ।
News Desk 0 response सोमवार, असार ९, २०८२


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२