

-
जेनेभा : आफूमाथि आक्रमण जारी रहेको अवस्थामा आफ्नो आणविक कार्यक्रमबारे कुनै पनि वार्ता नहुने इरानले स्पष्ट पारेको छ। यो प्रतिक्रिया इजरायलका रक्षामन्त्रीले इरानसँग ‘लामो संघर्ष’ को चेतावनी दिएपछि आएको हो।
इरानी विदेशमन्त्री अब्बास अराघचीले जिनेभामा युरोपेली कूटनीतिज्ञहरूसँग भेट गरेका थिए । उनलाई अमेरिकासँग आणविक कूटनीति पुनः सुरु गर्न आग्रह गरिएको थियो। तर उनले भने, ‘इजरायलको आक्रामकता रोकिएपछि मात्र कूटनीति सम्भव हुन्छ।’
तेहरानले आणविक कार्यक्रम पूर्णतः शान्तिपूर्ण भएको दाबी गर्दै इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेको छ। अराघचीले थपे, ‘इरान आफ्नो वैध आत्मरक्षा अधिकार प्रयोग गर्न पछि पर्ने छैन।’
त्यसैबिच, इजरायली सेनाले इरानी मिसाइल भण्डारण र प्रक्षेपण केन्द्रहरूमा नयाँ आक्रमण सुरु गरेको जनाएको छ। यसअघि इरानले पनि इजरायलको मध्य क्षेत्रमा मिसाइल प्रहार गरेको थियो। तेल अभिभ नजिकै विस्फोटको ठुलो आवाज सुनिएको थियो । रिपोर्टअनुसार केही भवनमा आगलागी समेत भएको छ।
इजरायलका विदेश मन्त्री एयाल जामिरले भिडियो सन्देशमार्फत आफ्नो देश ‘कठिन दिनहरू’ का लागि तयार रहनुपर्ने बताएका छन्। इजरायलका संयुक्त राष्ट्रसंघका राजदूतले इरानलाई ‘विनाशकारी एजेन्डा’ बोकेको देश भन्दै आणविक केन्द्रहरू पूर्ण रूपमा नष्ट नभएसम्म आक्रमण नरोकिने बताए।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अमेरिकी हवाई आक्रमणबाट बच्नको लागि दुई हप्ताको समय दिएका छन्। उनले भने, ‘म निर्णय लिनुअघि अधिकतम दुई हप्ता कुर्नेछु।’
अब क्षेत्रीय तनावले अन्तर्राष्ट्रिय कूटनीतिक प्रयासहरूमा असर पार्ने देखिएको छ । यसले थप युद्धको सम्भावना गहिरिँदै गएको छ। – बीबीसी
News Desk 0 response शनिबार, असार ७, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


