

-
इजरायल र इरानबीचको आक्रमण तीव्र बन्दै जाँदा इजरायल र इरानका नेताहरुले थप बदलाको चेतावनीसहित द्वन्द्व अझै चर्किने बताएका छन् ।
इजरायलले गएको शुक्रवार इरानका आणविक सुविधाहरू, सैन्य स्थलहरू र धेरै जनसङ्ख्या भएका क्षेत्रहरूमा लक्षित आक्रमण गरेपछि इरानले ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रहरूमार्फत प्रतिक्रिया दिइरहेको छ ।
हिजो इजरायली आक्रमणमा इरानको सशस्त्र बलको गुप्तचर एकाइका प्रमुखको ज्यान गएको बीबीसीले जनाएको छ ।
इरानीको जवाफी आक्रमणपछि १० जनाभन्दा बढी इजरायली घाइते भएका छन् । आक्रमण रोक्ने विषयमा बैठक तथा छलफल भइरहे पनि इरानले आक्रमण भइरहेको बेला युद्धविरामको वार्ता नगर्ने बताएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि आक्रमणको तनाव कम गर्ने भन्दा पनि इरानलाई आफ्नो आणविक क्षमता विकास गर्नबाट रोक्ने आफ्नो उद्देश्य रहेको बताएका छन् ।
इरानको स्वास्थ्य मन्त्रालयले शुक्रवारदेखि इजरायली आक्रमणमा कम्तीमा दुई सय २४ जना इरानी मारिएका र इरानी आक्रमणमा कम्तीमा १० जना इजरायली मारिएका जानकारी दिएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल द्वन्द्वमा संयुक्त राज्य अमेरिका संलग्न हुन सक्ने र आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिन मध्यस्थताका लागि खुला रहने बताएका छन्।
राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रमबारे वार्ता भइरहेको बताएका छन् । अमेरिका अहिले सैन्य कारबाहीमा संलग्न नभएको उनको भनाइ छ ।
News Desk 0 response सोमवार, असार २, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


