

-
इजरायलले इरानमा आक्रमण गरेपछि सुरु भएको दुई देशबीचको तनाव तेस्रो रात पनि कायम रहेको छ । दुवै देशले एकअर्काविरुद्ध गोलाबारी गरिरहेका बीबीसीले जनाएको छ ।
इजरायली आक्रमणपछि प्रत्याक्रमणमा उत्रिएको इरानले शनिवार राति मध्य इजरायलमा थप क्षेप्यास्त्रहरू प्रहार गरेको छ । इजरायली रक्षा बल (आईडीएफ) ले पनि राति नै इरानको राजधानी तेहरानमा हवाई आक्रमण गरेको बताएको छ ।
पछिल्लो इरानी आक्रमणमा परेर इजरायलमा कम्तीमा १० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् तर इरानले इजरायली आक्रमणबाट भएको हताहतको कुनै उल्लेख गरेको छैन ।
इरानको तेल मन्त्रालयका अनुसार इजरायलले तेहरानको शाहरान तेल डिपो र त्यहाँ रहेका इन्धन भरिएका ट्याङ्कीहरूलाई निशाना बनाएको छ । यद्यपि इरानले स्थिति नियन्त्रणमा रहेको जनाएको छ ।
गएको शुक्रवारदेखि इजरायलले इरानी आणविक र सैन्य सुविधाहरूलाई लक्षित गरी आक्रमणको ठूलो लहर सुरू गरेको थियो । इजरायलले आफ्नो कारबाही हप्तौं चल्न सक्ने बताएपछि र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानका नागरिकलाई आफ्ना शासकहरूविरुद्ध उठ्न आग्रह गरेपछि क्षेत्रीय द्वन्द्वको डर बढेको खबरमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय नेताहरूले तनाव कर्म गर्न आग्रह गरे पनि मध्यपूर्वलाई समेट्न सक्ने लामो द्वन्द्वको डर उत्पन्न गर्दै इजरायल र इरानले यति तीव्रताका साथ आक्रमण बढाएको यो पहिलो पटक हो । रुस–युक्रेन, इजरायल–हमास युद्ध चलिरहेका बेला इरान र इजरायलबीच पनि द्वन्द्व बढेपछि विश्वकै आर्थिक र राजनीतिक सङ्कट थप चुलिने चिन्ता थपिएको छ ।
यसैबीच इजरायली रक्षा बलले सैन्य स्थलहरू नजिकका क्षेत्रहरू छोड्न इरानीहरूलाई चेतावनी दिएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा अमेरिकाले चाहेमा इजरायल र इरानबीच सजिलै सम्झौता गर्न सक्ने बताएका थिए ।
News Desk 0 response आइतवार, असार १, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


