

-
इजरायली सेनाले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा सक्रिय उद्धार समूह गाजाको नागरिक प्रतिरक्षाका प्रवक्तालाई हमास ‘आतङ्ककारी’ भएको आरोप लगाएको छ । गाजामा गरेको आक्रमणका क्रममा फेला परेका दस्तावेजलाई उद्धृत गर्दै सेनाले महमुद बासाल इस्लामिक लडाकू समूहमा ‘सक्रिय आतङ्ककारी’ भएको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
इजरायली सेनाले बासालको हमाससँगको सदस्यताको सूची कहाँ र कसरी प्राप्त भयो भन्ने स्पष्ट नगरी मिडियालाई हमासको सदस्यता सूचीको प्रतिलिपि जारी गरेको थियो । बासालले गाजामा आफ्नो गतिविधिबारे गलत र अपुष्ट सूचना फैलाएर हमासको उद्देश्य पूरा गरेको आरोप इजरायलले लगाएको छ ।
यसैबीच उद्धार समूहका प्रवक्ता महमुद बासालले यो झुटो आरोप रहेको र आफू कुनै पनि सैन्य सङ्गठनका लागि काम नगर्ने बताएका खबरमा उल्लेख छ । आफ्नो संस्थाको अभियान अन्तर्राष्ट्रिय कानूनबाट निर्देशित रहेको उनको भनाइ छ ।
नागरिक सुरक्षा एजेन्सीले गाजा पट्टीमा इजरायली हवाई आक्रमणका पीडितहरूलाई अस्पताल पुर्याउन उद्धारकर्ताहरू तैनाथ गर्दै आएको छ । यस सङ्गठनलाई प्रायः अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले आफ्नो समाचारमा उद्धृत गर्छन् ।
News Desk 0 response आइतवार, जेष्ठ २६, २०८२

सम्बन्धित शीर्षकहरु
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुने
सोमवार, फाल्गुन ४, २०८२
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता नहुने आदेश
सोमवार, फाल्गुन ४, २०८२-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
आजदेखि देशभर एचपीभी खोप अभियान सञ्चालन गरिँदै
आइतवार, माघ २६, २०८२ -
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको..
सोमवार, माघ २७, २०८२ -
जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप..
सोमवार, माघ २७, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२ -
कस्तो रहला आज दिनभरको मौसम
आइतवार, माघ २६, २०८२



