

-
दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि भएको चुनावमा विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार ली जे म्युङ विजयी भएका छन् ।
स्थानीय समयअनुसार मङ्गलवार मध्यरातसम्म भएको मतगणनापछि हार स्वीकार गर्दै सत्तारूढ दलका किम मुन सूले म्युङलाई बधाइसमेत दिएका छन् ।
चार करोड ४४ लाख योग्य मतदातामध्ये झन्डै ८० प्रतिशतले मतदान गरेका त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।
यो सन् १९९७ पछिको सबैभन्दा धेरै मतदान भएको हो । जीतसँगै ६१ वर्षीय लीले आज देशको राष्ट्रपतिको रूपमा शपथ लिने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।
उनले आफ्नो विजय भाषणमा दक्षिण कोरियाको अर्थतन्त्रलाई पुनः सुरू गर्ने र उत्तरसँग शान्ति स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।
पूर्वराष्ट्रपति युन सुक–योलले ‘मार्शल ल’ को घोषणा गरेपछि उनलाई महाभियोग लगाएर पदबाट हटाइएको थियो । यसबीचमा विभाजनकारी विरोध प्रदर्शन र महिनौंको राजनीतिक अराजकता निम्तिएको थियो ।
News Desk 0 response बुधबार, जेष्ठ २२, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


