

-
बङ्गलादेशको सर्वोच्च अदालतले युद्ध अपराधको आरोपमा जमात–ए–इस्लामी (बङ्गलादेश) का नेता अजहर इस्लामलाई दिइएको मृत्युदण्डको सजाय उल्टाएको छ ।
बङ्गलादेशको १९७१ को स्वतन्त्रता युद्धको समयमा मानवताविरुद्धको अपराधका लागि सन् २०१४ को डिसेम्बर ३० मा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले अजहर इस्लामलाई सुनाएको मृत्युदण्डको सजायलाई उल्ट्याउँदै सर्वोच्चले तत्काल रिहा गर्न आदेश दिएको बीबीसीले जनाएको छ ।
सात सदस्यीय पुनरावेदन इजलासले उनको मृत्युदण्ड उल्ट्याएर रिहा गर्ने आदेश दिएको हो । यो इजलासको नेतृत्व बङ्गलादेशका प्रधानन्यायाधीश डा. सैयद रिफत अहमदले गरेका थिए । यदि अजहर इस्लामविरुद्ध अन्य कुनै मुद्दा छैन भने उनलाई तुरुन्तै रिहा गरिनुपर्छ भनेको खबरमा उल्लेख छ ।
अजहर इस्लामले दोषी ठहरविरुद्ध पुनरावेदन गर्नुभएकोमा पुनरावेदन महाशाखाले सन् २०१९ को अक्टोबर ३१ मा न्यायाधिकरणले तोकेको सजायलाई कायम राखेको थियो । त्यसपछि सन् २०२० को जुलाई १९ मा उनले पुनरावेदन महाशाखाको सम्बन्धित शाखामा पुनरावलोकन निवेदन दायर गरेका थिए। यो निवेदनमा सर्वोच्चले आज सुनुवाइ गरेको हो ।
सर्वोच्चको फैसलालाई लिएर जमात–ए–इस्लामी (बङ्गलादेश) का नेता अमिर शफिकर रहमानले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै न्यायको विजय भएको बताएका छन् । यो फैसलाले सत्यलाई दबाउन सकिँदैन भन्ने प्रमाणित गरेको उनले बताए ।
News Desk 0 response मङ्लबार, जेष्ठ १४, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


