

-
अमेरिका र युक्रेनले आर्थिक साझेदारी सम्झौता गरेका छन् । जसमा अमेरिकाले युक्रेनका दुर्लभ खनिजमा पहुँच प्राप्तीसँगै युक्रेनमा लगानी कोष स्थापना सम्झौता भएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गएको जनवरीमा फेरि ह्वाइट हाउस फर्किएपछि दुई देश बीच स्रोतसम्बन्धी सम्झौता गर्न वार्ता भइरहेको थियो ।
केही हप्ता लामो वार्तापछि यो सम्झौता गरिएको हो । यसअघि युक्रेन अमेरिकाबीच तनाव उत्पन्न भई अमेरिकी सहायतासमेत रोकिएको थियो ।
अमेरिकी ट्रेजरी विभागले हिजो सम्झौताको घोषणा गर्दै ट्रेजरी सचिव स्कट बेसन्टले अमेरिका यो निरर्थक युद्ध अन्त्य गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
यो सम्झौताले रुसलाई ट्रम्प प्रशासन स्वतन्त्र, सार्वभौम र समृद्ध युक्रेनका लागि दीर्घकालीन शान्ति प्रक्रियामा प्रतिबद्ध छ भन्ने सन्देश दिएको समेत बताएका छन् ।
युक्रेनकी अर्थमन्त्री युलिया स्विरीडेन्कोले वासिङ्टनमा यो सम्झौतामा युक्रेनी सरकारको तर्फबाट हस्ताक्षर गर्नुभएको तस्वीरहरु सार्वजनिक भएका छन ।
उनले एक्समा आफ्नो भूभाग र समुद्री क्षेत्रमा रहेका सबै स्रोत युक्रेनकै भएको दाबी गरेकी छिन् । भूमिगत स्रोतहरूको स्वामित्व युक्रेजसँगै रहने भन्ने सम्झौतामा स्पष्ट रूपमा उल्लेख गरिएको उनको भनाइ छ ।
सम्झौताको हिजो अन्तिम समयमा उत्पन्न कागजातसम्बन्धी विवादले रोकिन लागेको थियो र यो सम्झौता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेब्रुअरीमा वासिङ्टन भ्रमणका क्रममा गर्ने योजना थियो, तर भ्रमण ह्वाइट हाउसमा भएको विवादास्पद बैठकपछि छोट्याइएपछि सम्झौता स्थगित भएको थियो ।
News Desk 0 response बिहिबार, बैशाख १८, २०८२

सम्बन्धित शीर्षकहरु
-
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३
-
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


