

-
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेन र रुसबीचको युद्धविराम सम्भव छ कि छैन भनेर अमेरिकाले चाँडै निर्णय गर्नुपर्ने बताएका छन् ।
युरोपेली अधिकारीहरूसँगको बैठकपछि पेरिसबाट बाहिरिने क्रममा अमेरिकी विदेशमन्त्री रुबियोले युद्धविराम हुने स्पष्ट सङ्केत नदेखिए केही दिनभित्रै अमेरिकाले रुस–युक्रेन शान्ति सम्झौतामा मध्यस्थता गर्ने प्रयास त्याग्ने चेतावनी दिएका एएफपीले जनाएको छ ।
युक्रेनले आफ्नो देशको पुनर्निर्माणका लागि लगानी कोष स्थापना गर्ने उद्देश्यले अमेरिकासँग सम्झौतामा हस्ताक्षर गर्ने दिशामा पहिलो कदम चालेको केही घण्टापछि रुबियोको यो टिप्पणी आएको हो । अमेरिकाले विगत तीन वर्षदेखि युक्रेनलाई सहयोग गरिरहेको छ र आफूहरूले यसको अन्त्य चाहेको उनको भनाइ छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्तापछि शान्ति वार्ता शुरू गर्न सहमत भएपछि युक्रेन र युरोपेली सहयोगीहरूलाई बेवास्ता गरेका छन् भने युरोपेली शक्तिहरू वार्तामा बस्न चाहिरहेका छन् ।
अमेरिकी विदेशमन्त्री रुबियोले युरोपेली अधिकारीहरूले बिहीवार भएको वार्तामा ‘आफ्ना विचारहरूमा निकै सहयोगी र रचनात्मक बनेको बताएका छन् । सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न युरोपेली देशहरूले विचार गर्ने पनि आफूले आशा व्यक्त गरेको उनले बताए ।
युरोपेली देशहरूले गएको महिना रुसमाथिको प्रतिबन्ध फुकुवा गर्नुको साटो बढाउने सहमति गरेका थिए ।
News Desk 0 response शुक्रबार, बैशाख ५, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


