

-
आईसीसीको गिरफ्तारी पुर्जीअन्तर्गत खोजी गरिएका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु हङ्गेरी राज्य भ्रमणका लागि आइपुगेको केही घण्टापछि प्रधानमन्त्री भिक्टर ओर्बनको सरकारका एक वरिष्ठ अधिकारीले यो कदमको घोषणा गरेका बीबीसीले जनाएको छ ।
गएको नोभेम्बरमा गिरफ्तारी पुर्जी जारी हुनेबित्तिकै हङ्गेरीका प्रधानमन्त्री ओर्बानले यो फैसलाले आफ्नो देशमा कुनै प्रभाव नपार्ने भन्दै नेतान्याहुलाई आमन्त्रित गरेका थिए ।
गएको नोभेम्बरमा आईसीसीका न्यायाधीशहरूले इजरायल र हमासबीचको युद्धको क्रममा कथित युद्ध अपराध र मानवताविरुद्धको अपराधका लागि नेतान्याहुले ‘आपराधिक जिम्मेवारी’ वहन गर्ने ‘उचित आधार’ रहेको बताएका थिए । नेतान्याहुले आईसीसीको निर्णयलाई ‘यहुदी विरोधी’ भनेर निन्दा गरेका छन् ।
अन्तर्राष्ट्रिय अदालत आईसीसीलाई नरसंहार, मानवताविरुद्धको अपराध र युद्ध अपराधका आरोपीहरूलाई मुद्दा चलाउने अधिकार छ । हङ्गेरी आईसीसीको संस्थापक सदस्य हो । आईसीसीमा एक सय २५ सदस्य राष्ट्र छन् र हङ्गेरी यसबाट बाहिरिने पहिलो युरोपेली सङ्घ राष्ट्र हुनेछ ।
रोम विधानको धारा १२७ अनुसार हङ्गेरीले अब संयुक्त राष्ट्रसङ्घका महासचिवलाई सन्धि त्याग्न लिखित सूचना पठाउनुपर्ने र एक वर्षपछि फिर्ता हुने प्रक्रिया लागू हुने खबरमा उल्लेख छ ।
News Desk 0 response बिहिबार, चैत्र २०, २०८१

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


