

-
नौ महिनाभन्दा धेरै समयदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किएका छन् ।
उनीहरु नेपाली समयअनुसार आज बिहान सबेरै पौने ४ बजेतिर स्पेसएक्स रकेटमार्फत अमेरिकाको फ्लोरिडाको तटमा अवतरण गरेका हुन्।
विना योजना नौ महिना अन्तरिक्षमा विताएका अन्तरिक्षयात्री सुनिता र बुचले फ्लोरिडाको तटबाट खसेको स्पेसएक्सबाट निस्कँदा मुस्कुराउँदै हात हल्लाएको बीबीसीले जनाएको छ ।
क्यामरा जडित डल्फिनको एउटा समूहले उनीहरुको रकेट समुद्रमा डुब्दै गर्दा निरीक्षण गरेको छ । उनीहरु आठ दिनका लागि भनेर अघिल्लो वर्षको जुन ५ मा बोइङ र नासाको संयुक्त ‘क्रू फ्लाइट टेस्ट मिसन’ मा स्पेस स्टेशन गएका थिए । तर स्पेस क्राफ्टमा प्राविधिक समस्या आएपछि उनीहरू पछिल्लो नौ महिनादेखि अन्तरिक्षमै रोकिएका थिए ।
वैज्ञानिकहरुले अन्तरिक्ष कठिन भए पनि सुनिता र बुचको अन्तरिक्षमा नयाँ परिस्थितिमा अनुकूलन गर्ने र अन्तरिक्ष स्टेशनमा जीवन चलाइरहने निर्णय साहसिलो कदम भएको बताएका छन् । उहाँहरुको अनुभव र कामबारे जानकारी दिन नासाले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ ।
News Desk 0 response बुधबार, चैत्र ५, २०८१

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३



