

-
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लाग्ने पुष्टि गर्नासाथ अमेरिकी शेयर बजारमा गिरावट आएको छ । ट्रम्पको ट्यारिफ अडानले अर्थव्यवस्थाको गति सुस्त हुने चिन्ताले इन्डस्ट्रियल एभरेज ६४९ अंक अर्थात् १.५ प्रतिशतले तल ओर्लियो । यस्तै, नास्डाक कम्पोजिटमा २.६ प्रतिशतले गिरावट देखियो ।
राष्ट्रपति ट्रम्पले क्यानाडा र मेक्सिकोबाट आयातित वस्तुमा २५ प्रतिशतसम्म ट्यारिफ लागू गर्ने समयसीमा आइपुगेको जानकारी दिनासाथ अमेरिकी शेयर बजार ओरालो लागेको हो ।
ट्रम्पले यो वर्षको सुरुवातदेखि नै ट्यारिफको धम्की दिएकामा मंगलबारबाट लागू गर्न लागिएको भनिएको छ । त्यसैको जवाफ स्वरुप शेयर बजारमा गिरावट आएको हो ।
ट्रम्पले चिनियाँ सामान आयातमा अतिरिक्त १० प्रतिशत ट्यारिफ लागू गर्ने भनेका छन् । यो खबरले अमेरिकाका तीन शीर्ष व्यापार साझेदार मूलुकले निकै तगारोहरु झेल्नु परेको थियो ।
ट्रम्पले सोमबार ह्वाइट हाउसमा ‘मेक्सिको, क्यानाडाका लागि कुनै ठाउँ बाँकी छैन । तपाईंहरुलाई थाहा छ, ट्यारिफ पूर्ण रुपमा तय भइसकेको छ । जुन मंगलबारदेखि लागू हुनेछ ।’
उनको योजना अनुसार अब चीनबाट अमेरिका प्रवेश गर्ने सामानमा कम्तिमा पनि २० प्रतिशत शुल्क लाग्ने भएको छ । ट्यारिफको सामना गर्ने तीनै देशले जवाफमा अमेरिकाविरुद्ध ट्यारिफ लगाउने पूर्ण घोषणा गरिसकेका छन् । जसले व्यापारयुद्ध बढ्ने जोखिम निम्तिएको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन २०, २०८१

सम्बन्धित शीर्षकहरु
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध नयाँ उचाइमा, आणविक मुद्दामा मौनता
बुधबार, जेष्ठ २७, २०८३-
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३
-
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



