

-
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प भएपछि उनले लिएको वैदेशिक सहयोग र आप्रवासन सम्वन्धी नीतिले विश्वव्यापीरुपमा हलचल मच्चाएको छ । तर ट्रम्प प्रशासनले केवल ती दुई विषयमा मात्र होइन, अन्य धेरै क्षेत्रमा कडा निर्णयहरु गरिरहेकोछ, जसको प्रभाव विश्ब बजारमा पर्ने निश्चित छ ।
त्यसैक्रममा केही दिन अघि अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले मानिस र जनावरमा क्यान्सर गराउने प्रमाण भेटिको भन्दै खाद्य उत्पादनमा प्रयोग हुने ‘रेड कलर’लाई प्रतिबन्ध लगाएको छ । एफडीएले अहिलेसम्म बजारमा पुगेका ती तीन रंग प्रयोग गरिएका वस्तु जफत नगर्ने तर अब कुनै पनि उद्योगले ती रंगहरु प्रयोग गर्न नपाउने र अहिले बजारमा रहेका वस्तुहरु विक्री नभएको अवस्थामा पनि सन् २०२७ को जनवरीदेखि त्यसलाई कुनै पनि अवस्थामा विक्री वितरण गर्न नपाउने घोषणा गरेको छ ।
अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ। केनेडी जुनियरले खाद्य उत्पादनबाट कृत्रिम रङहरू हटाउनै पर्ने भएकोले सरकारले त्यस्तो निर्णय गरेको बताए ।
‘मिठाईहरुमा प्रयोग गरिने रातो रंगले क्यान्सर गराउँछ भने त्यस्तो रंगलाई रोकेर नागरिकको रक्षा गर्नु सरकारको दायित्व हो’ उनको भनाइ उदधृत गर्दै संचारमाध्यमहरुले लेखेका छन् । बेकरी उद्योगहरुले एरिथ्रोसिन भन्ने त्यस्ता कृत्रिम रंगहरु विभिन्न क्यान्डी, खोकीको सिरप, बेकरी उत्पादन र फ्रोजन मिठाइहरुमा प्रयोग हुने गर्दछ ।
एफडिएका अनुसार ती खाद्य रङहरु पूर्णरुपमा कृत्रिम हुन्, तिनीहरु खाद्य उत्पादनहरूलाई आकर्षक बनाउन प्रयोग गरिन्छन् । कृत्रिम रङहरूकै कारण विश्वव्यापीरुपमा क्यान्सर लगायतका गम्भिर रोगहरुको जोखिम बढाएको विभिन्न अनुसन्धानहरुले देखाएका छन् । सन् २०२३ मा अमेरिकाको क्यालिफोर्निया पहिलो राज्यले विद्यालको खानामा छ वटा कृत्रिम रङहरूमाथि प्रतिबन्ध लगाएपछि यसबारेको मुद्दा अमेरिकामा चर्किएको थियो । अहिले सिंगै अमेरिकामा ती रंगहरुमाथि प्रतिवन्ध लगाइएपति त्यसको असर विश्वभर पर्न सक्ने अनुमान गरिएको छ ।
कृत्रिम रंगहरु माथिको प्रतिवन्धपछि अमेरिका लगायत विश्वभर नै प्राकृतिकरुपमा रातो रंग दिने चुकन्दर को रस, कर्मिन (कीराबाट बनाइने रंग) सखरखण्ड, रातो मुला र रातो बन्दागोभीको माग बढ्ने अनुमान गरिएको छ । यस्ले विश्वकै उपभोक्ताको स्वास्थ्य अवस्थाको साथै समग्र कृषि क्षेत्रमा निकै ठूलो सकारात्मक प्रभाव पार्ने दावी अमेरिकी संचारमाध्यमहरुले गरेका छन् ।
News Desk 0 response बुधबार, फाल्गुन ७, २०८१

सम्बन्धित शीर्षकहरु
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
मङ्लबार, असार २३, २०८३



