

-
प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलसँग गाजामा भएको युद्धविराम सम्झौता अनुसार बन्धक रिहा गर्ने भएको छ । हमासले सम्झौता कार्यान्वयनतर्फ आफू प्रतिबद्ध रही समयमै बन्धकहरू रिहा गर्ने बताएको हो ।
इजरायलले भोलि शनिवारसम्ममा हमासले बन्धकहरूलाई फिर्ता नगरे युद्धविराम समाप्त हुने चेतावनी दिएपछि सम्झौताअनुसार बन्धक रिहा हुने भएका बीबीसीले जनाएको छ ।
यसअघि इजरायलले सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै हमासले बन्दी रिहाइ नगर्ने चेतावनी दिएको थियो । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले बन्धक रिहा नगरे गाजामा युद्धविराम भङ्ग हुने र लडाइँ चर्कने चेतावनी दिएका थिए।
त्यसलगत्तै हमास निर्धारित समयअनुसार नै बाँकी बन्धकहरू रिहा गर्न तयार भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हमासले सबै बन्धक रिहा नगरे युद्धविराम अन्त्यको घोषणा गर्ने बताउँदै आएका थिए ।
यसैबीच इजिप्टको कायरोमा भएको वार्तापछि हमासले इजिप्ट र कतारी मध्यस्थकर्ताहरूले अवरोधहरू हटाउने पुष्टि गरेको बताएको छ ।
यद्यपि, यस सम्बन्धमा इजरायलबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । तर इजिप्ट र कतारका मध्यस्थकर्ताहरूले दुई पक्षबीचको मतभेद कम गरेको र दुवै सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका थिए ।
News Desk 0 response शुक्रबार, फाल्गुन २, २०८१


सम्बन्धित शीर्षकहरु
-
नेपालमा बाघको सङ्ख्या बढ्दै, बासस्थानको समस्या बढ्यो
सोमवार, चैत्र १०, २०८१ -
आज विश्व क्षयरोग दिवस : विभिन्न सचेतनामूलक..
सोमवार, चैत्र १०, २०८१ -
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१
-
नेपालमा बाघको सङ्ख्या बढ्दै, बासस्थानको समस्या बढ्यो
सोमवार, चैत्र १०, २०८१ -
आज विश्व क्षयरोग दिवस : विभिन्न सचेतनामूलक..
सोमवार, चैत्र १०, २०८१ -
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१