

-
धनगढी : सुदूरपश्चिम प्रदेश सभाका सदस्यलाई नयाँ ल्यापटप दिने तयारी भएको छ । प्रदेश सभा सचिवालयले नयाँ ल्यापटप खरिदको प्रक्रिया अगाडि बढाएको हो ।
सचिवालयले सांसदहरूका लागि अघिल्लो कार्यकालमा खरिद गरेको ल्यापटप काम नलाग्ने भन्दै गोदाममै थन्क्याएर नयाँ ल्यापटप खरिद गर्न लागेको हो ।
‘आर्थिक मामिला मन्त्रालयले नै बजेट विनियोजन गरिसकेको छ । हाल खरिदका लागि टेण्डर आह्वान गरिसकेका छौँ’, प्रदेश सभा सचिव देवबहादुर बोगटीले भने, ‘पुराना ल्यापटप कामै नलाग्ने भइसकेकाले पनि नयाँ खरिद गर्न लागेका हौँ ।’
५३ जना प्रदेश सभा सदस्यमध्ये १० मन्त्री र पदाधिकारी भइसकेकाले बाँकी ४३ जना सांसदका लागि ल्यापटप खरिद गर्न लागेको सचिवालयले जनाएको छ । जसका लागि ४७ लाख रुपैयाँ लाग्ने बताइएको छ । प्रति ल्यापटपमा एक लाख रुपैयाँभन्दा बढी खर्च गर्न लागिएको हो ।
प्रदेश सभाको अघिल्लो कार्यकालमा प्रदेश सभा सचिवालयले २७ लाख खर्च गरेर सांसदका लागि ल्यापटप खरिद गरेको थियो । कार्यकाल सकेर सांसदले फिर्ता बुझाएका ती ल्यापटपलाई अहिले ‘कवाडी’ भन्दै थन्क्याएर नयाँ खरिद गर्न लागिएको हो ।
नयाँ ल्यापटप खरिद प्रक्रिया थालेपछि सांसदहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपनेता अक्कल रावलले प्रदेश सरकारले ठुला एजेण्डा ओझेलमा पार्दै सांसदलाई ल्यापटपको नाममा ललिपप देखाइरहेको बताए ।
News Desk 0 response सोमवार, माघ २८, २०८१


सम्बन्धित शीर्षकहरु
-
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१ -
आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने चीनको घोषणा
सोमवार, चैत्र १०, २०८१ -
ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु भएपछि बाँकेको..
सोमवार, चैत्र १०, २०८१
-
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१ -
आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने चीनको घोषणा
सोमवार, चैत्र १०, २०८१ -
ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु भएपछि बाँकेको..
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१