

-
अमेरिकाले आफ्नो देशमा अवैध रूपमा रहेका केही भारतीय आप्रवासीलाई उनीहरूकै देशमा पुर्याइदिएको छ ।
भारतीय आप्रवासी बोकेको अमेरिकी सेनाको जहाज आज दिउँसो पञ्जाब प्रान्तको अमृतसरमा रहेको श्री गुरू रामदास जी अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण गरेको बीबीसी हिन्दीले जनाएको छ । विमानमा ७९ पुरुष, २५ महिला र १३ बालबालिका गरी १ सय १७ जना आएका भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । ११ जना चालक दलका सदस्य रहेको विमानमा ४५ जना अमेरिकी अधिकारी पनि आएका थिए ।
भारत ल्याइएका आप्रवासीहरू पञ्जाब, गुजरात, हरियाणा, उत्तर प्रदेश र महाराष्ट्र प्रदेशका रहेका छन् । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पद सम्हालेसँगै अमेरिकाले गैरकानूनी आप्रवासीलाई उनीहरूकै देश फिर्ता गर्ने कार्य तीव्र पारेको छ । ट्रम्पले पदभार ग्रहण गरेलगत्तै अवैध आप्रवासीहरूलाई ‘डिपोर्ट’ गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकामा अवैध रूपमा रहेका भारतीय नागरिकको न्यायसङ्गत फिर्तीका लागि तयार रहेको बताएका थिए ।
अमेरिकाले यसअघि आफ्दो देशमा रहेका अवैध आप्रवासीमध्ये १७ हजार ९ सय ४० जना भारतीयलाई फर्काउने भन्दै सूची सार्वजनिक गरेको थियो । पिउ रिसर्च सेन्टरका अनुसार अमेरिकामा झन्डै ७ लाख २५ हजार कागजविहीन भारतीय आप्रवासी छन् ।
News Desk 0 response बुधबार, माघ २३, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


