

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ (ईयू) का देशहरूबाट आयात हुने सामानमा कर बढाउने सङ्केत गरेका छन् । ट्रम्पले अमेरिकामा आयात हुने ईयूका सामानहरूमा छिट्टै भन्सार शुल्क बढ्न सक्ने बताएका बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपतिले बेलायती प्रधानमन्त्री सर केयर स्टाररसँग राम्रो सम्बन्ध रहेको र बेलायतसँगको व्यापारिक समस्या भने समाधान गर्न सकिने उल्लेख गरे । क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा नयाँ भन्सार दर घोषणापछि ट्रम्पले ईयूमा पनि कर लगाउने बताएका हुन् ।
अमेरिकामा क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत र चीनबाट आउने सामानमा १० प्रतिशत आयात कर शुरू भएको छ । क्यानडाले पनि अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको छ । तर अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडाले अमेरिकाले लगाएको करको बदला लिएमा क्यानडामाथि थप कर लगाउने चेतावनी दिएका छन् ।
यस्तै अमेरिकाले लगाएको करलाई लिएर क्यानडाका केही पसलहरूले अमेरिकी उत्पादनहरू हटाउन शुरू गरिसकेका छन् । यसअघि आइस हक्की र बास्केटबल खेलहरूमा क्यानडेलीहरूले अमेरिकी करको विरुद्धमा नारा लगाएका थिए ।
क्यानडाको नोभा स्कोटियाकी ६७ वर्षीया क्यारोल चान्डलरले सम्भव भएसम्म सबै अमेरिकी उत्पादनहरू बहिष्कार गर्ने र फ्लोरिडा भ्रमणको योजना पनि रद्द गर्न लागेको बताएका छन् ।
अमेरिकी निर्णयपछि मेक्सिकोले पनि अमेरिकी उत्पादनहरूमा आयात कर लगाउने घोषणा गरेको छ ।
चीनले अमेरिकी कदम विश्व व्यापार सङ्गठनको नियमको प्रतिकूल भएको भन्दै निकै असन्तुष्ट रहेको बताएको छ । चीनले अमेरिकालाई आफ्नो त्रुटिपूर्ण अवधारण सच्याउन र संवादमार्फत समस्याको समाधान गर्न आग्रह गरेको छ ।
News Desk 0 response सोमवार, माघ २१, २०८१

सम्बन्धित शीर्षकहरु
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’, युरोपद्वारा आपत्ति
सोमवार, मंसिर २३, २०८२-
एनपीएल क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु र लुम्बिनी..
बुधबार, मंसिर २५, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा..
बुधबार, मंसिर २५, २०८२ -
खानेपानी कार्यालय दाङका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध..
बुधबार, मंसिर २५, २०८२ -
कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम..
बुधबार, मंसिर २५, २०८२ -
सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर..
मङ्लबार, मंसिर २४, २०८२
-
एनपीएल क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु र लुम्बिनी..
बुधबार, मंसिर २५, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा..
बुधबार, मंसिर २५, २०८२ -
खानेपानी कार्यालय दाङका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध..
बुधबार, मंसिर २५, २०८२ -
कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम..
बुधबार, मंसिर २५, २०८२ -
सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर..
मङ्लबार, मंसिर २४, २०८२
-
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
दुर्गा प्रसाईं दिल्लीमा, सरकारले बोलायो वार्तामा
मङ्लबार, मंसिर १७, २०८२



