

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो फेब्रुअरी १ देखि नै चीनमा निर्मित सामानको आयातमा १० प्रतिशत शुल्क लगाउने तयारी गरेको बताएका छन् ।
आफ्नो प्रशासनमा भएको छलफलमा उनले मेक्सिको र क्यानडामा चीनले फेन्टनिल नामको औषधि पठाइरहेको तथ्यमा आधारित रहेर शुल्क बढाउनेबारे सोचेको बताएको बीबीसीले जनाएको छ । त्यो औषधि मेक्सिको र क्यानडा हुँदै अमेरिका भित्रिएको उनको भनाइ छ ।
ट्रम्पले यसअघि नै मेक्सिको र क्यानडामाथि २५ प्रतिशतले आयात कर लगाउने चेतावनी दिएका थिए। ट्रम्पले आफ्ना ती छिमेकी देशहरू मेस्किको र क्यानडालाई कागजातविहीन आप्रवासी र औषधि आफ्नो देशमा आउन दिइरहेको आरोप लगाएका छन् । ट्रम्पले नयाँ करदर लागू गरेमा अमेरिकी उपभोक्ताहरूलाई चिनियाँ सामान झन् महँगो पर्ने छ ।
पत्रकार सम्मेलनमा ट्रम्पले युरोपेली सङ्घ (ईयू) लाई समेत आयात शुल्क लगाउने बताए । चीन दुर्व्यवहारकर्ता रहेको र ईयू पनि अमेरिकीप्रति निकै नराम्रो भइरहेको ट्रम्पको आरोप छ ।
यसअघि चुनावी प्रचारप्रसारका बेला ट्रम्पले चिनियाँ सामानमा ६० प्रतिशतसम्म आयात शुल्क लगाउने बताएका थिए। ट्रम्पको आर्थिक योजनामा कर मुख्य पक्षका रूपमा छ ।
News Desk 0 response बुधबार, माघ ९, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


