

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार खारेज गर्न आदेश दिएका छन् । अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालको शुरुआत गर्दै ट्रम्पले आफ्नो प्रशासनले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने व्यक्तिका जन्मेका बच्चाहरूलाई अमेरिकी नागरिकका रूपमा मान्यता दिन बन्द गर्ने घोषणा गरेका हुन् ।
यो आदेशको पालनाका लागि सङ्घीय एजेन्सीहरूलाई ३० दिनको समय दिइएको छ । तर यस विषयमा ट्रम्प प्रशासनले कानूनी चुनौतीको सामना गर्नुपर्ने देखिएको बीबीसीले जनाएको छ ।
जन्ममा आधारित नागरिकता अमेरिकी संविधानको १४औं संशोधनको लामो समयदेखिको व्याख्या हो र ट्रम्पको नयाँ कदमलाई यो व्याख्या अन्त्य गर्ने पहलका रूपमा हेरिएको छ ।
शपथ ग्रहणलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ओभल अफिसमा धेरै आदेशमा हस्ताक्षर गरेकामध्ये एउटा यो आदेश थियो । यसमध्ये झन्डै ८० वटा आदेश पूर्वराष्ट्रपति जो बाइडेनको आदेश रद्द गर्ने सम्बन्धमा थिए ।
यसअघि आफ्नो भाषणमा ट्रम्पले सबै अवैध प्रवेश रोक्ने वाचा गर्दै लाखौं आपराधिक विदेशीहरूलाई सुपुर्दगी गर्ने कुरा पनि उल्लेख गरेका थिए ।
News Desk 0 response मङ्लबार, माघ ८, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


