

-
अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शासन शुरु हुन अब केही घण्टा मात्र बाँकी छ । र, त्योसँग सँगै अमेरिकामा मात्र होइन, विश्वभर नै अनेक शंका आशंकाहरु व्यक्त भइरहेका छन् ।
‘अब के होला ?’अहिले यो प्रश्न चौतर्फीरुपमा उठिरहेको छ । विश्वको राजनीतिमा,आर्थिक क्षेत्रमा मुख्य प्रतिस्पर्धी रहेका अमेरिका—चीन सम्वन्धमा, अमेरिकाको आप्रवासन नीतिमा र स्टक मार्केटसम्ममा अहिले प्रश्नहरु उठिरहेका छन् ।
भनिरहनु नपर्ला, यी प्रश्नहरु उनी पहिलो पटक राष्ट्रपति हुँदा सन् २०१७ मा पनि उठेका थिए । उनको त्यो शासनकाल हेर्दा जति शुरुमा जति ‘आतंक’ मच्चिएको थियो, शासनकालको दौरान खासै त्यस्तो भएन ।
के यसपटक विगतको भन्दा फरक, साँच्चै नै फरक होला ? र,आशंका गरिएझै ‘ट्रम्पोनोमिक्स’ले विश्वको अर्थतन्त्रको दिशा बदल्ला ?
सबैभन्दा पहिले कुरा गरौं स्टक मार्केटको ।
ट्रम्पको सपथ ग्रहणको दिन सोमबार,मार्टिन लुथर किंगको जन्मदिन भएकोले अमेरिकामा सार्वजनिक विदा दिइन्छ । त्यसको अर्थ स्टक मार्केटहरु बन्द हुन्छन् । त्यसैले आइतबार नियमित साप्ताहिक सार्वजनिक विदा र सोमवार मार्टिन लुथर किंगको जन्मजयन्ती मनाउन दिइने विशेष विदा भएकोले राष्ट्रपति ट्रम्पको शासन व्यवस्थालाई स्टक मार्केटले कसरी लिनेछ भन्ने कुरा मंगलबार बल्ल स्पष्ट हुनेछ ।
नोभेम्बरमा ट्रम्पले चुनाव जिते लगत्तै अमेरिकी शेयर बजारमा एक किसिमको उछाल आएको थियो । र, धेरै शेयर विश्लेषकहरु ट्रम्पको शासनलाई शेयर बजारले निकै तगडारुपमा शुभकामना दिएको थियो ।
यद्यपि, नयाँ वर्षको सुरुवातमा गति रोकियो र बजार धिमा गतिमा अगाडि बढ्यो ।ट्रम्पको सपथ ग्रहणपछि अब के होला रु एक, दुई दिनपछि स्पष्ट हुनेछ ।
इन्टरएक्टिभ ब्रोकर्सका वरिष्ठ अर्थशास्त्री जोसे टोरेसको भनाईलाई मान्ने हो भने ट्रम्प शुरुदेखि नै भन्सार र करका दरहरुमा ठूलो फेरबदल गर्ने तयारीमा छन् । त्यसको सोझो असर शेयर बजारमा पर्न सक्छ । त्यो भनेको शेयर बजारको गतिलाई नियन्त्रण गर्नु नै हो । खासगरी चिनिया लगानीलाई नियन्त्रण गर्ने,अमेरिकामा कारोबार गरिरहेका चिनिया कम्पनीका उत्पादनहरुमाथि पनि कडाई गर्ने ट्रम्पको योजनाले अमेरिकी पूंजी बजारलाई धक्का दिन सक्ने विश्लेषकहरुको भनाइ छ ।
रेमन्ड जेम्सका प्रमुख लगानी अधिकृत ल्यारी एडमको भनाइ त अझ गम्भीर छ । उनी भन्छन् अबको समय शेयर बजारमा साँच्चै अनिश्चितताको समय हो । त्यसैले तपाई अमेरिकी शेयर बजारमा लगानी गर्न चाहानुहुन्छ सन् २०२५ भन्दा पनि धेरै परको समयलाई सोचेर लगानी गर्नुस् ।
अमेरिकी शेयर बजार विश्लेषक जेसन प्राइडको भनाइ पनि रेमण्ड जेम्सको जस्तै छ । उनी भन्छन् तपाईले बुझ्नुहोस्, अब बजारमा अप्रत्याशित मोडहरू अपरिहार्य बनेका छन् र लगानीकर्ताहरूमा अन्योलता आउंदैछ,बजार अस्थिर हुँदैछ,त्यस्तो अवस्थाको बीचमा म टिक्छु,सफल हुन्छु भन्ने आत्मविश्वासका साथ लगानी गर्नुस्, कमजोर आत्म विश्वांसले तपाई बजारमा टिक्न सक्नुहुन्न ।
News Desk 0 response सोमवार, माघ ७, २०८१

सम्बन्धित शीर्षकहरु
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध नयाँ उचाइमा, आणविक मुद्दामा मौनता
बुधबार, जेष्ठ २७, २०८३-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३



