

-
अमेरिकामा नयाँ बर्ष मनाउँदै गर्दा भएका हिंसात्मक घटनालाई लिएर नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनको आलोचना गरेका छन् ।
हिंसात्मक घटनाले अमेरिका विश्वमा हास्य पात्र बनेको भन्दै ट्रम्पले यसको पछाडि सीमा नीति र कमजोर नेतृत्व रहेको बताएका हुन् । उनले सामाजिक सञ्जाल ुएक्सु मा लेख्दै बाइडेन अमेरिकी इतिहासकै सबैभन्दा खराब राष्ट्रपति भएका आरोप लगाए । बाइडेनको खुला सीमा नीतिको सन्दर्भमा आफूले यसअघि पनि विरोध गर्दै आएको उनको भनाइ छ ।
खुला सीमा नीति र कमजोर नेतृत्वकै कारण अमेरिकामा कट्टरपन्थी इस्लामिक आतङ्कवाद र हिंसात्मक अपराध भएको ट्रम्पले उल्लेख गरेका छन् ।
नयाँ वर्षको रमाइलोका बेला लुइसियाना राज्यको न्यु अर्लिन्समा एक व्यक्तिले भीडमा ट्रक गुडाउँदा १५ जनाको ज्यान गएको थियो भने ३५ जना घाइते भएका थिए । यस्तै लस भेगासमा ट्रम्प इन्टरनेशनल होटलबाहिर साइबर ट्रक विस्फोट हुँदा एक जनाको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए ।
न्याय विभाग, अमेरिकी सङ्घीय जाँच ब्युरो (एफबीआई), डेमोक्र्याटद्वारा शासित राज्य र स्थानीय अभियोजकहरूले आफ्नो काम नगरेका ट्रम्पको आरोप छ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यही जनवरी २० तारिखमा शपथ लिँदै छन्।
News Desk 0 response शुक्रबार, पुस १९, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


