

-
अमेरिकी कम्पनी एप्पलको बजार मूल्य ४० खर्ब डलर पुगेको छ । एप्पलका लागि यो अहिलेसम्मकै उच्च बजार मूल्य हो । लामो समय सुस्ताएको एप्पलको बजार ‘भ्यालु’ अर्थात् बजार मूल्य अहिले बढेपछि लगानीकर्ता उत्साहित भएका छन् ।
विशेष गरेर आईफोनमा कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसिएल इन्टेलिजेन्स’ (एआई) राखेपछि र एप्पलकै छुट्टै एआई कम्पनीले पनि राम्रो प्रगति गरेपछि बजार मूल्य आकाशिएको हो ।
अहिले एप्पलको बजार मूल्य चिप निर्माता कम्पनी एनभिडियाको भन्दा पनि माथि पुगेको छ । सूचना प्रविधि कम्पनीहरूमध्ये सबैभन्दा तीव्र गतिमा बजार मूल्य बढेको कम्पनी एनभिडिया हो । दुई वर्षमा यसको शेयर मूल्य आठ सय प्रतिशतले बढेको छ । तर एप्पलको भने जम्मा दोब्बरले बढेको छ । तर पनि एनभिडियाको भन्दा एप्पलको बजार मूल्य धेरै रहेको छ ।
गएको नोभेम्बरयता एप्पलको बजार मूल्य १६ प्रतिशतले बढ्दा बजार मूल्य साढे चार खर्ब डलरले उकालो लागेको छ । पछिल्ला वर्षहरूमा कम्पनीले आफ्नो एआई रणनीति बलियो बनाउँदै लगेको र बजारमा धेरैलाई आकर्षित गरेकाले सुखद परिणाम आएको एप्पलले जनाएको छ ।
एप्पलसँगै माइक्रोसफ्ट, अल्फाबेट, अमेजन र मेटा प्लेटफर्महरूले उदीयमान प्रविधिमा प्रभुत्व जमाउन प्रतिस्पर्धा गरिरहेका छन् ।
News Desk 0 response मङ्लबार, पुस ९, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


