

-
काठमाडौं : विद्रोही हिजबुल्लाह समूहसँग युद्धविरामको सम्झौता भएसँगै लेबनानमा नागरिकहरु गोलाबारीले तहसनहस भएका घरमा फर्किएका छन् । इजरायली हवाई हमलाका कारण विनाश भएका भवन संरचनामा नागरिक फिर्तिका तस्विरहरु हालै सार्वजनिक भएका हुन् ।
बेलायती समाचार संस्था बीबीसीका अनुसार बेरुतमा विस्थापितले भरिभराउ सबैभन्दा ठूलो विद्यालय परिसर अहिले खाली जस्तै भएको छ । जो एक खेल मैदानमा खेलिरहेका केही बालबालिका र वरपर बस्ने केही व्यक्तिहरुबाहेक खालीप्राय देखिन्छ ।
त्यहाँ आश्रय लिएर बसेकामध्ये एकै विहान मात्रै ८० प्रतिशतभन्दा बढी नागरिक आफ्नो पुरानो बासस्थान फर्किएका बताइएको छ । यता, इजरायलले जबसम्म हिजबुल्लाह यो युद्धविराम उल्लंघन गर्दैन तवसम्म यसैमा कायम रहने बताएको छ ।
सरकारका प्रवक्ता डेभिड मेन्सरले युद्धविरामको कुनै पनि उल्लंघन क्षम्य नहुने र जसमा कुनै हदसम्मको प्रतिवाद हुने बताएका छन् । हिजबुल्लाहले आफुहरुको सीमा क्षेत्रमा आतंकवादी कुनै पनि गतिविधि अघि बढाए आफ्नो रक्षा आफैंले गर्न आफुहरु तयार रहेको उनको हवाला दिँदै बीबीसीले उल्लेख गरेको छ । यो युद्धविरामसँगै गाजामा हमासको प्रभाव समेत कम भएको बताइएको छ ।
News Desk 0 response बिहिबार, मंसिर १३, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


