

-
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गर्दै उनको पार्टी ‘पाकिस्तान–तहरीक–ए–इन्साफ’ (पीटीआई) का कार्यकर्ता र उनका समर्थकहरूले ठूलो प्रदर्शन गरेका छन् । पूर्वप्रधानमन्त्री खानको रिहाइको माग गर्दै उनीहरूले इस्लामाबादतर्फ र्याली शुरू गरेका बीबीसीले जनाएको छ ।
इमरान खानको अपीलमा हिजो प्रदर्शन शुरू भएको थियो । पीटीआईका कार्यकर्ता र समर्थकहरू खैबर पख्तुनख्वाका विभिन्न क्षेत्रबाट इस्लामाबादतर्फ लागिरहेका छन् । इस्लामाबादको डी चोक नजिक प्रधानमन्त्री आवास, संसद् र सर्वोच्च अदालतका साथै अरू महत्त्वपूर्ण सरकारी कार्यालय रहेका छन् । डी चोकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ भएका छन् ।
इस्लामाबाद प्रहरीले डी चोकमा चार जना प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको खबरमा उल्लेख छ । प्रदर्शनलाई मध्यनजर गर्दै इस्लामाबाद जोड्ने राजमार्गहरू सरकारले नै बन्द गरेको छ भने केही क्षेत्रमा मोबाइल र इन्टरनेट सेवा निलम्बन गरेको छ ।
पीटीआईले इमरान खानलाई रिहा गर्न माग गर्दै आएको छ । विरोध र्यालीमा इमरान खानकी पत्नी बुशरा बीबी पनि सहभागी छिन् ।
विरोध र्यालीका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । इस्लामाबाद प्रहरीले प्रदर्शनकारीले ढुङ्गामुढा गरेको बताएको छ भने पीटीआई कार्यकर्ताहरूले प्रहरीले अश्रुग्यास प्रहार गरेको र लाठीचार्ज गरेको दाबी गरेका छन् । इस्लामाबाद प्रहरीले आफ्ना १४ जना अधिकारी घाइते भएका बताएको छ ।
News Desk 0 response सोमवार, मंसिर १०, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


