

-
पाकिस्तानमा धार्मिक हिंसा भडकिँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । यस्तै ४७ जना घाइते भएका छन् ।
खैबर पख्तुनख्वा प्रान्तमा शिया र सुन्नी मुसलमान समुदायबीच भएको झडपमा १४ सुन्नी र १८ शिया समुदायका मानिसको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
हिजो राति आक्रोशित शिया समुदायका व्यक्तिहरूको समूहले सुन्नीको बाहुल्यता रहेको बागान बजारमा आक्रमण गरेको थियो । आक्रमणपछि उनीहरूले बजारका सबै घर र गाउँका घरहरूमा समेत पेट्रोल छर्किएर आगो लगाएका एक जना वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई बताएका छन् । तीन सय वटाभन्दा धेरै पसल र एक सय वटाभन्दा धेरै घर जलेको प्रारम्भिक रिपोर्टमा उल्लेख छ ।
अस्ति मात्रै एउटा बसमा भएको आक्रमणमा ४३ जनाको ज्यान गएको थियो । अफगानिस्तानको सिमानामा रहेको पहाडी खैबर पख्तुनख्वा प्रान्तमा सुन्नी र शिया मुसलमानबीच भएका झडपमा पछिल्लो एक महिनामै एक सय ५० जनाभन्दा धेरैको ज्यान गएको छ ।
विभिन्न शहर र गाउँ–गाउँमा धार्मिक हिंसा भड्किएकाले अवस्था नाजुक रहेको स्थानीय प्रशासनले जनाएका छन् । ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाएर र स्थानीय बूढापाकालाई वार्ताको अग्रसरता लिन लगाएर हिंसा कम गर्ने प्रयास भइरहेको छ ।
News Desk 0 response आइतवार, मंसिर ९, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


