

-
संयुक्त राष्ट्र सङ्घले दक्षिणी लेबनानमा रहेका आफ्ना शान्ति सैनिकहरूलाई नहटाउने बताएको छ । राष्ट्र सङ्घले दक्षिणी लेबनानमा रहेका आफ्ना शान्ति सैनिकहरूलाई उनीहरू रहेका ठाउँबाट अन्यत्र नहटाउने बताउँदै शान्ति सैनिकहरू हटाउन इजरायलले गरेको आह्वानको अवज्ञा गरेको बीबीसीले जनाएको छ ।
संयुक्त राष्ट्र सङ्घीय शान्ति स्थापना कार्यका प्रमुख जेन–पिएर लेक्रोइन्सले न्युयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै लेबनानमा युनिफिल सैन्यलाई अहिलेकै ठाउँमा कायमै राख्ने निर्णयलाई सुरक्षा परिषद् र सैन्यमा आफ्ना सैनिकहरू पठाउने सदस्य राष्ट्रहरूको पूर्ण समर्थन रहेको बताएका खबरमा उल्लेख छ ।
आइतवार इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानबाट आफ्ना शान्ति स्थापक सैन्यलाई हटाउन ठाडो चेतावनी दिएका थिए । तर संयुक्त राष्ट्र सङ्घले आफ्ना शान्ति सैनिकहरूलाई नहटाउने बताएको हो ।
इजरायलले इरान समर्थित विद्रोही समूह हिजबुल्लाहविरुद्ध लेबननको भूमिमा गरिरहेको हवाई तथा स्थल आक्रमणका क्रममा केही शान्ति सैनिकहरू पनि घाइते भएका छन् । शान्ति सेनाहरूमाथि भएको आक्रमणको नेपालसहित ३४ वटा देशले निन्दा गरेका छन् ।
News Desk 0 response मङ्लबार, अशोज २९, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


