

-
इजरायलले आज बिहानदेखि लेबनानमा गरेको आक्रमणमा एक सय जनाभन्दा धेरैको मृत्यु भएको छ । ४ सय ५० जनाभन्दा धेरै घाइते भएका समाचार संस्था रोयटर्सले जनाएको छ ।
बिहानदेखि अहिलेसम्म इजरायलले लेबनानमा तीन सय वटा रकेट आक्रमण गरेको बीबीसीले जनाएको छ । मारिनेमध्ये धेरैजसो बालबालिका, महिला र स्वास्थ्यकर्मी छन् । यसअघि सीमा क्षेत्रमा आक्रमण गरिरहेको इजरायलले आज लेबनानको राजधानीसहित घना बस्तीमा अन्धाधुन्ध आक्रमण गरिरहेको छ ।
आज लेबनानका मन्त्रीसहित सर्वसाधारणलाई शहर छाड्न भन्दै नचिनेको नम्बरबाट फोन र म्यासेज पुगेको थियो । म्यासेजमा हिजबुल्लाहको अखडा रहेका सबै ठाउँबाट एक किलोमिटर परै रहन भनिएको छ । यो म्यासेज इजरायलकै खुफिया एजेन्सीले पठाएको अनुमान छ ।
लेबनानको विद्रोही समूह हिजबुल्लाह र इजरायलबीच लामो समयदेखि युद्ध रहेकोमा पछिल्ला केही दिनमा युद्ध चर्किएको छ । हिजबुल्लाहलाई इरानले सहयोग गरिरहेको छ ।
News Desk 0 response सोमवार, अशोज ७, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


