

-
वासिङ्टन : सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पका लागि यो अन्तिम चुनाव हुन सक्छ। आइतबार, ट्रम्पले यदि उनी नोभेम्बरमा हुने चुनावमा हारे भने सन् २०२८ को राष्ट्रपति चुनाव लड्ने छैनन्।
७८ वर्षीय ट्रम्प लगातार तीन अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार बनेका छन् । सिन्क्लेयर मिडिया ग्रुपसँगको अन्तर्वार्तामा ट्रम्पलाई कमला ह्यारिससँग हारे फेरि चुनाव लड्ने हो कि भनेर सोधिएको थियो । त्यसैले जवाफमा ट्रम्पले भने, ‘होइन, मलाई त्यस्तो लाग्दैन। म यो हुने देख्दिनँ।’
ट्रम्पले भने, ‘आशा छ हामी यस चुनावमा सफल हुनेछौँ।’ अमेरिकी कानुनअनुसार कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति रहन सक्दैन। यस्तो अवस्थामा ट्रम्पले जिते पनि सन् २०२८ मा हुने राष्ट्रपतीय चुनाव लड्न पाउने छैनन् ।
यसअघि ट्रम्पले चुनावमा पराजयको सम्भावनालाई स्वीकार गरेको बिरलै भएको छ । तर पछिल्लो चार दिनमा ट्रम्पले पराजयको उल्लेख गरेको यो दोस्रो पटक हो ।
बिहीबार इजरायली(अमेरिकी काउन्सिलको कार्यक्रममा उनले कुनै पनि पराजयको लागि यहुदी मतदाताहरू पनि जिम्मेवार हुने बताएका थिए। कमला ह्यारिस धेरै चुनावी सर्वेक्षणहरूमा ट्रम्पभन्दा अगाडि छन्।
News Desk 0 response सोमवार, अशोज ७, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


