

-
चीन र युरोपेली सङ्घ (इयु) बीच विद्युतीय कारको अतिरिक्त शुल्कसम्बन्धी वार्ता हुने भएको छ । विद्युतीय कारको शुल्कबारे छलफलका लागि चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओ इयुका व्यापार प्रमुखसँग वार्ताका लागि ब्रसेल्स जानुहुने चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।
इयुको व्यापार नीतिको नेतृत्व गर्ने युरोपेली आयोगले गएको महिना चीनबाट आयातित इभीमा ३६ प्रतिशत शुल्क लगाउने घोषणा गरेको थियो । आउने अक्टोबरको अन्त्यअघि इयुका २७ देशले मतदान गरेपछि अतिरिक्त शुल्क सुनिश्चित हुनेछ र यो पाँच वर्षसम्म लागू हुनेछ ।
यही व्यवस्था लागु हुनुभन्दा अघि बेइजिङले चिनियाँ विद्युतीय कारमा शुल्क रोक्न अन्तिम प्रयास गरिरहेको जनाएको छ । वाणिज्यमन्त्री वाङले यही सेप्टेम्बर १९ मा इयुका व्यापार आयुक्त वाल्डिस डोम्ब्रोभ्स्कीससँग यस विषयमा छलफल गर्ने आयोगले जनाएको छ ।
स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले पनि इयुबाट अतिरिक्त शुल्कमा ‘पुनरविचार’ गर्न आग्रह गरेका छन् । विश्वको सबैभन्दा ठूलो कार उत्पादकहरू रहेका जर्मनीले पनि अतिरिक्त शुल्कको विरोधमा आवाज उठाएको छ र सान्चेजको हस्तक्षेपलाई स्वागत गरेको छ । चीनमा कार निर्माताहरूले राज्य अनुदानबाट गलत तरिकाले फाइदा लिएको भन्दै इयुले गएको जुलाईमा अतिरिक्त शुल्क लगाउने निर्णय गरेको थियो ।
News Desk 0 response शुक्रबार, भदौ २८, २०८१

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



