-
काठमाडौं : चेक अनादर (चेक बाउन्स) मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने व्यवस्था राख्न संसदीय समितिमा सहमति भएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ सतिमितिको आजको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथि दफावार छलफलका क्रममा चेक अनादर मुद्दामा हुने जरिबाना र सजायबारे सर्वसम्मत सहमति भएको हो । समितिमा भएको सहमतिअनुसार विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएमा चेक अनादरसम्बन्धी मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुनेछ ।
दफावार छलफलका क्रममा समिति सभापति सन्तोष चालिसेले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० मा चेक अनादर प्रमाणित भएमा पाँच प्रतिशत जरिबानासहित एक महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय व्यवस्था गर्ने विषयमा सर्वसहमतिले पास भएको घोषणा गरेका छन् । सभापति चालिसेले १५ लाखसम्मको चेक अनादरमा एक महिना, ५० लाखसम्मकोमा तीन महिना, एक करोडसम्म एक वर्ष र एक करोड रुपैयाँभन्दा माथिको चेक अनादर प्रमाणित भए दुई वर्षको कैद सजाय हुने विषयमा सहमति जुटेको जानकारी दिए ।
समितिमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले समितिमा विधेयकका विषयमा भएको दफावार छलफलबाट आउने निष्कर्षलाई सरकारले स्वीकार गर्ने बताए ।
News Desk 0 response आइतवार, भदौ २३, २०८१
सम्बन्धित शीर्षकहरु
दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्दै
मङ्लबार, अशोज २९, २०८१दशैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडा च्याङग्राको व्यापार
मङ्लबार, अशोज २९, २०८१रास्वपा पहिलो पटक स्थानीय तहका लागि निर्वाचन लड्दै
सोमवार, अशोज २८, २०८१अर्थशास्त्रतर्फको नोबेल पुरस्कार : तीन जना अमेरिकी अर्थशास्त्रीले प्राप्त गर्ने
सोमवार, अशोज २८, २०८१-
दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक..
मङ्लबार, अशोज २९, २०८१ -
दशैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडा..
मङ्लबार, अशोज २९, २०८१ -
रास्वपा पहिलो पटक स्थानीय तहका लागि निर्वाचन..
सोमवार, अशोज २८, २०८१ -
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार : तीन जना अमेरिकी..
सोमवार, अशोज २८, २०८१ -
इजरायली सेना पर्खाल भत्काएरै लेबनानको शान्ति सैनिक..
सोमवार, अशोज २८, २०८१
-
दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक..
मङ्लबार, अशोज २९, २०८१ -
दशैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडा..
मङ्लबार, अशोज २९, २०८१ -
रास्वपा पहिलो पटक स्थानीय तहका लागि निर्वाचन..
सोमवार, अशोज २८, २०८१ -
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार : तीन जना अमेरिकी..
सोमवार, अशोज २८, २०८१ -
इजरायली सेना पर्खाल भत्काएरै लेबनानको शान्ति सैनिक..
सोमवार, अशोज २८, २०८१
-
बडा दशैँ लागेसँगै झाँगाझोलीमा बढ्याे पर्यटकको चहल..
मङ्लबार, अशोज २२, २०८१ -
काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१ -
निगमको न्यारोबडी जहाजले फूलपातीका दिन काठमाडौं–भैरहवा उडान..
सोमवार, अशोज २१, २०८१ -
एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णालीले जित्यो
आइतवार, अशोज २०, २०८१ -
गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर..
सोमवार, अशोज २८, २०८१