-
काठमाडौं ।
अरु सचिव भन्दा बिशेष जिम्मेवारी वहन गर्नपर्ने गृहमन्त्रालयमा अहिले गृहकै क्याडर सचिव बनेका छन् । नेपाल सरकार कार्यविभाजन नियमावली २०७४ का अनुसार अन्य मन्त्रालयको कार्यविभाजनमा नपरेका विषयसमेत हेर्ने गरी गृह मन्त्रालयका विभिन्न ५१ वटा महत्वपूर्ण जिम्मेवारी रहेका छन् । त्यसकारण पनि यो पदमा बिशेष तालिम प्राप्त व्यक्ति आवश्यक पर्दछ । यस अघि प्राय यो मापदण्ड लागू गरिएको थिएन ।
अहिले मन्त्रीपरिषद्ले गृहसचिव वनाएका गोकर्णमणि दुवाडी गृहकै ‘क्याडर’ हुन् । उनी बिभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर काम गरेका ब्यक्ति हुन् । सिन्धुपाल्चोक, सप्तरी जस्ता पहाड र तराईका जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा उनले काम गरेका छन् । मधेश प्रदेशमा पनि उनले मुख्यसचिव भएर काम गरेका थिए ।
गृहसचिव वनेर नतिजा दिनका लागि केही बाञ्छित योग्यता भए अझ राम्रो हुने जानकारहरु बताउँछन् । शक्तिकेन्द्रका हानाथापले गर्दा गृहकै क्याडर गृहसचिव बन्ने गरेको देखिदैन । गृहकै क्याडर गृहसचिव बनाउने हो भने केही सहज हुने एक पूर्वगृहसचिवले बताए ।
हक्की स्वभाव र चाकडी चाप्लुसीमा नलाग्ने दुवाडीले भूमि ब्यवस्था बिभागमा रहँदा अनलाईन प्रणालीमा काम गरेर सुशासनको पक्षमा काम गरेका थिए । उनको यो कामको प्रशंसा भएको थियो । चीनमा बिशेष सुरक्षा तालिम (डिफेन्स कोर्ष तालिम) लिएका दुवाडीले जापान बाट पब्लिक पोलिसीमा मास्टर डिग्री गरेका छन् ।
News Desk 0 response शुक्रबार, भदौ २१, २०८१
सम्बन्धित शीर्षकहरु
दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्दै
मङ्लबार, अशोज २९, २०८१दशैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडा च्याङग्राको व्यापार
मङ्लबार, अशोज २९, २०८१रास्वपा पहिलो पटक स्थानीय तहका लागि निर्वाचन लड्दै
सोमवार, अशोज २८, २०८१अर्थशास्त्रतर्फको नोबेल पुरस्कार : तीन जना अमेरिकी अर्थशास्त्रीले प्राप्त गर्ने
सोमवार, अशोज २८, २०८१-
दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक..
मङ्लबार, अशोज २९, २०८१ -
दशैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडा..
मङ्लबार, अशोज २९, २०८१ -
रास्वपा पहिलो पटक स्थानीय तहका लागि निर्वाचन..
सोमवार, अशोज २८, २०८१ -
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार : तीन जना अमेरिकी..
सोमवार, अशोज २८, २०८१ -
इजरायली सेना पर्खाल भत्काएरै लेबनानको शान्ति सैनिक..
सोमवार, अशोज २८, २०८१
-
दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक..
मङ्लबार, अशोज २९, २०८१ -
दशैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडा..
मङ्लबार, अशोज २९, २०८१ -
रास्वपा पहिलो पटक स्थानीय तहका लागि निर्वाचन..
सोमवार, अशोज २८, २०८१ -
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार : तीन जना अमेरिकी..
सोमवार, अशोज २८, २०८१ -
इजरायली सेना पर्खाल भत्काएरै लेबनानको शान्ति सैनिक..
सोमवार, अशोज २८, २०८१
-
बडा दशैँ लागेसँगै झाँगाझोलीमा बढ्याे पर्यटकको चहल..
मङ्लबार, अशोज २२, २०८१ -
काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१ -
निगमको न्यारोबडी जहाजले फूलपातीका दिन काठमाडौं–भैरहवा उडान..
सोमवार, अशोज २१, २०८१ -
एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णालीले जित्यो
आइतवार, अशोज २०, २०८१ -
ब्राजिलमा पहिरोमा पुरिएर २ सय जनाभन्दा धेरै..
मङ्लबार, अशोज २२, २०८१