

-
काठमाडौं । पुष्कमल दाहाल प्रधानमन्त्री हुँदा छोरी गंगा दाहालको एक फोनमा करौडौंको राजस्व छल्न सहयो गर्ने एक भन्सार अधिकृत ओली सरकारका पनि प्यारा बनेका छन् । पुरस्कार स्वरुप अहिले उनी रसुवा भन्सार बाट बिरगंञ्ज भन्सार लगिएका छन् ।
यस अघि मेची भन्सार रहेका रामप्रसाद पाठक अहिले रसुवा भन्सार प्रमुख बाट बिरगंज भन्सार पठाएका छन् । आर्थिक रुपमा यी तिनै वटा भन्सार कार्यालय आकर्षक मानिन्छ । चीन, भारत र बन्दरगाहमार्फत आउने सामान यिनै भन्सारमार्फत आउने गर्दछ । अनि तस्करी सामान धेरै आउने र अतिरिक्त आम्दानी हुने भन्सारका रुपमा यही कार्यालयलाई लिने गरिन्छ ।पहिले मेची भन्सार बसेर अनेकौ कर्तुत गर्दै आर्थिक उपार्जन गरेका रामप्रसाद पाठक नजराना चढाएकै भरमा रसुवाबाट बिरगंज भन्सार पुगेको उनका निकटबर्ती बताउँछन् । पैसा भएपछि जहाँ पनि पुग्न सकिन्छ भन्दै व्यपारिबाट अतिरिक्त उपार्जन गर्न सकिन्छ भन्दै हाकाहाकी साथीभाईलाई भन्ने कर्मचारी हुन् पाठक । मेची भन्सारमा हुँदै तस्करीका सामान छुटाउन सहयोग गर्ने पाठक रसुवामा धेरै बदनाम भएका थिए ।
पाठक रसुवा नाकाका प्रमुख बनेर आएपछि नै उनको कार्यशैली राम्रो नभएको भन्दै व्यवसायीले कारोवार नै वन्द गरेका थिए ।
उक्त भन्सार कार्यालयबाट सन्तोषजनक काम नभएको चर्चा त्यतिवेला सिंहदरबारस्थित अर्थमन्त्रालयमा समेत हुने गरेको थियो । पाठकको कार्यशैलीबाट कर्मचारीहरु पनि खुशी थिएनन् । माओवादी अध्यक्ष पुष्पकलम दाहालकी छोरी गंगा दाहालले भन्ने बित्तिक्कै जे गर्न नि तयार हुने उनको शैलीले सवै आतंकित थिए । माओवादी वाहेकका व्यपारीका सामानमा गिद्धे नजर लाएका कारण व्यवसायीहरुले झण्डै हात हालेका थिए ।तत्कालिन अर्थमन्त्री डाक्टर रामशरण महतले लेनादेनाका आधारमा रसुवा भन्सार प्रमुख बनाएका हुन् । रसुवा रहँदा प्रमुख पाठकले माओवादीका सांसद माधव सापकोटाका व्यापारिक पार्टनर इश्वर गुभाजुको सामान यार्डमै खोलेर मिलाइदिएको, प्रतिकन्टेनर ५० हजारका दरले असुलउपर गरेको, क्यारिङवालासँग मिलेर अर्थमन्त्रीलाई पैसा बुझाउनुपर्छ भन्दै उठाइरहेको बिषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरमा ल्याएको थियो ।
केपी ओली सरकार आएपछि पछिल्लो सरुवामा राम्रो अवसर पाउनेमा उनै रामप्रसाद पाठक छन् । उनी आकर्षक मानिने रसुवा भन्सारबाट अर्को आकर्षणको थलो वीरगञ्ज भन्सार पुगेका छन् । रसुवा भन्सारमा १६ महिना बसेपछि उनी वीरगञ्ज पुगेका हुन् ।
पाठक रसुवा जानुअघि मेची भन्सार काँकडभिट्टा भन्सार प्रमुख थिए । उनी निरन्तर आकर्षक अड्डा पाउने भाग्यशालीमा दरिएका छन् ।
मेची भन्सार कार्यालयबाट सिधैं रसुवा भन्सार कार्यालयमा पुगेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठक अहिले झापाली एमालेका कार्यकर्ता हुँ भन्दै बिरंगञ्ज पुगेका हुन् । रसुवा जाँदा उनी अर्थका हर्ताकर्ता सेवन्तक पोखरेल र महानिर्देशक शोभाकान्त पौडेललाई मोटोरकम दिएर मेचीबाट रसुवामा जम्प गर्न सफल भएका हुन । रसुवा जाँदा उनी तत्कालिन मन्त्री प्रकाशशरण महत र मोहन बस्नेतका आफन्त व्यापारीहरुसँग मिलेर मनग्ये कमाउने मध्ये पर्दछन् ।
पाठकले आफू निकटका जाँचकीहरुलाई अगाडि सारेर सेटिङ गरेर राजश्व मारेर खल्ती भर्ने अनि सामानको मूल्याङ्कनमा पक्षपात गर्ने गरेका व्यापारीहरुका आरोप छ। साथै कार्यालयको तल्लो तहको कर्मचारीलाई समेत काम गर्न नदिइ सबैकाममा आफैले हस्तक्षेप गरेको कर्मचारीहरुको गुनासो छ। यो कार्यमा शाखा अधिकृत रविन्द्र प्याकुरेल र सुब्बा जाँचकी अर्जुन गौतमहरुको समूहले चीनतर्फबाट आयात भएका सामानहरु चेक जाँचको बाहनामा स्याम्पल बढी निकाल्ने, गुणस्तर फरक फरक परेको भन्दै जरिवनाको त्रास देखाएर रकम माग गर्ने गरेका थिए ।एक ट्रक जुत्ता ल्याउदा झण्डै २० लाख राजश्व उठ्छ तर ठूला व्यापारीहरुलाई १२ लाख हाराहारी राजश्व लिएर छाड्ने र साना व्यापारीहरुसँग २२ लाखसम्म असुलिने प्रवृत्ति बढेपछि भन्सार प्रमुख पाठकले त्यहाँ मच्चाइरहेको लुटका विरुद्ध व्यापारीहरु तत्कालिन अर्थमन्त्री महत,भन्सार विभागको हाकिमसम्मलाई कुरा पुर्याएका थिए ।
चीनबाट सामान आयात गर्ने ब्यापारीले ब्रान्डेड सामान ल्याएर कमसल सामान घोषणा गरी भन्सार छली हुँदै आएको यो नाकामा माथिसम्मका कर्मचारीहरुसँगको मिलेमतोमा दैनिक रुपमा भन्सार यार्डमै व्यापारीसँग मोलमोलाई गर्ने गरेका थिए । साथै उनीहरुले सेटिङ नमिलेका व्यापारीहरुलाई अनावश्यक दुःख दिएर हैरानी पार्दै आएको गुनासो सुनिन्थ्यो । व्यापारीहरुले आयात गरेको एउटै प्रकृति र मूल्यका सामानहरुलाई समेत विभिन्न प्रकारको भन्दै हुँदै नभएको तर्क अघि सारेर जरिवना तिराउने चेतावनी दिँदै रकम असुली धन्दा चलाउँदै आएका थिए ।
पाठकको पालामा यही नाकाबाट प्रज्ञापनपत्रमा एउटा सामान लेखेर भेप आउने गरेको भेटिएको थियो । भन्सार विभागको अनुगमन अघिल्लो बुधबार जाँचपास भइसकेको गाडी चेकजाँच गर्दा भेप भेट्टाएको थियो । भेप बोकेको उक्त गाडी रसुवा भन्सार कार्यालय टिमुरेबाट पास भएर धुन्चे पार गरिसकेको थियो । गाडी धुन्चे पार गरिसकेपछि भन्सार विभागको टोली अनुगमनमा आएको सूचना तस्करले पाएपछि पुनः भन्सार कार्यालय टिमुरेमै फर्काइएको थियो । प्रज्ञापनपत्रमा अर्कै सामान लेखिएको भए पनि गाडीमा भेप भेटिएको थियो ।
यस्तै सोही नाकाबाट लागूऔषधमा प्रयोग हुने १ सय ५० किलो कच्चापदार्थ बरामद भएको थियो ।
News Desk 0 response बिहिबार, भदौ २०, २०८१


सम्बन्धित शीर्षकहरु
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२ -
काठमाडौं महानगरको २५ अर्ब ७६ करोड रुपैयाँको..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२