

-
अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी) को नयाँ अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई० का सचिव रहेका जय शाह आईसीसीको अध्यक्षमा निर्विरोध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अहिलेका अध्यक्ष ग्रेग बार्कलेको भूमिका अब आउँदो डिसेम्बर १ देखि जय शाहले लिनेछन् । सन् २०२० देखि दुई कार्यकालका लागि आईसीसीको अध्यक्ष रहेका बार्कलेले तेस्रो कार्यकालका लागि उम्मेदवारी नदिने पुष्टि गरेपछि बोर्ड अफ डाइरेक्टरले अगस्ट २७ अर्थात् हिजोसम्म उम्मेदवारी दर्ता गर्न आव्हन गरेको थियो । तर, जय शाहको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका हुन् ।
शाहले क्रिकेटलाई पहिलेभन्दा धेरै समावेशी र लोकप्रिय बताउने जनाएका छन् । सन् २०२८ को ओलम्पिकमा क्रिकेट पनि समावेश हुने विषयलाई सफलतापूर्वक कार्यान्वयन गर्ने र आफ्नो कार्यकालमा आईसीसीले क्रिकेटलाई अभूतपूर्व तरिकाले अगाडि बढाउने शाहको प्रतिबद्धता छ ।
शाह जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशांक मनोहरपछि आईसीसीको नेतृत्व गर्ने पाँचौँ भारतीय नागरिक हुन् । सन् २००९ मा गुजरात राज्यमा क्रिकेट प्रशासनको करियर शुरु गरेका शाह सन् २०१९ देखि बीसीसीआईका सचिव छन् । शाह सन् २०२१ देखि २०२४ सम्म एसियाली क्रिकेट परिषद् एसीसीको अध्यक्ष पनि थिए ।
News Desk 0 response बुधबार, भदौ १२, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


