

-
लेबनानको हिजबुल्लाह समूहले इजरायलमा सयौं मिसाइल प्रहार गरेको छ । आफ्ना सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्याको बदला लिन हिजबुल्लाहले आज उत्तरी इजरायलमा रकेट र ड्रोन आक्रमण गरेको हो । इजरालयले धेरै ठूलो आक्रमणलाई विफल पारेको बताएको बीबीसीले जनाएको छ ।
हिजबुल्लाह समूहले इजरायलमा आक्रमण गर्नुअघि इजरायली सेनाले पनि दक्षिणी लेबनानमा रहेका ४० भन्दा धेरै हिजबुल्लाह प्रक्षेपण साइटहरूमा प्रहार गरेको जनाएको छ । अमेरिकी र इजरायली जासुसी संस्थाहरूले आज इजरायलमा आक्रमण हुने थाहा पाएपछि इजरायलले हिजबुल्लाहभन्दा अघि नै झन्डै एक सय लडाकु विमानबाट प्रहार गरेको बताएको बीबीसीले जनाएको छ ।
हिजबुल्लाहले इजरायलतर्फ ड्रोन र तीन सय २० वटाभन्दा धेरै रकेट प्रक्षेपण गरेको र ११ सैन्य क्षेत्रमा प्रहार गरेको इजरायली सेनालाई उल्लेख गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । हिज्बुल्लाहले इजरायलले आफूतर्फ गरेको आक्रमण उल्लेख नगरी आफ्ना वरिष्ठ कमाण्डर फुआद शुक्रको हत्याको बदलाको पहिलो चरण पूरा भएको जनाएको छ ।
इजराइलले हिजबुल्लाहसँगको आजको भिडन्तका कारण ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको छ । गएको महिना इजरायलको कब्जामा रहेको गोलान हाइट्समा हिजबुल्लाहले क्षेप्यास्त्र आक्रमण गरेर १२ जना बालकको ज्यान गएपछि इजरायली सेनाले बेरुतमा शुक्रको हत्या गरेको थियो । त्यसपछि दुई पक्षबीचको तनाव बढ्ने अपेक्षा बढेको थियो ।
इजराइलले शुक्रको हत्या भएको केही घण्टापछि हमासका शीर्ष नेता इस्माइल हनियाको पनि इरानको राजधानी तेहरानमा हत्या गरेको थियो । शुक्र र हनियाको हत्यापछि इरान र इजराइलको युद्ध हुन सक्ने भनेर अमेरिकाले पहिले नै इजराइललाई सहयोग गर्न युद्धपोतहरू पठाइसकेको छ । इरानले भने अहिलेसम्म आक्रमण गरेको छैन । इजरायलमाथि हिजबुल्लाह र इरान दुवैले आक्रमण गरेमा मध्यपूर्वमा द्वन्द्व फैलने चिन्ता बढेको छ ।
News Desk 0 response आइतवार, भदौ ९, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


