• काठमाडौं : सरकारले सामाजिक सञ्जाल टिकटकको प्रतिबन्ध हटाउनले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    यसअघि सरकारले २०८० कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

    सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेपनि खुल्न भने अझै केही समय लाग्ने भएको छ ।