

-
काठमाडौं : आउँदो ११ गतेदेखि काठमाडौंको भृकुटीमडपमा हुने नाडा अटो शो २०२४ मा विद्युतीय गाडी (ईभी) को सहभागिता सबैभन्दा बढी हुने भएको छ । प्रदर्शनीमा अघिल्ला वर्षहरुभन्दा यसवर्ष विद्युतीय गाडी धेरै हुने भएको हो ।
नाडाका संयोजक अनुप बरालले अटो शोमा ७० प्रतिशत सहभागिता विद्युतीय गाडीको हुने बताएका छन् । विद्युतीय गाडीको प्रयोग र आकर्षण बढेपछि अटो व्यवसायीहरुले अन्तर्राष्ट्रिय बजारबाट विभिन्न ब्राण्डका गाडीहरु भित्र्याएका छन् ।
यो पटकको नाडा अटो शोमा बीवाईडीको एम सिक्स, टाटा पन्च ईभी, डिपल एल जेरो सेभेन, हुन्डाईको क्रेटा फेस लिफ्ट, भिनफाष्टको भीएफ फाईभ, केई, जिकर, लुमिनलगायतका ब्राण्डहरु प्रदर्शनीमा राख्न लागिएको छ ।
प्रदर्शनीमा केही चिनियाँ विद्युतीय कार निर्माताले पनि सहभागिता जनाउने भएका छन् । यी सबै ब्राण्डको आधिकारीक लन्चिङ नै अटो शो मार्फत हुन लागेको छ । नयाँ चिनियाँ ब्राण्डहरु जिकर, एक्सपेङ, जेको, अवतार, रेडारा, नामी र काई ब्राण्डको लन्चिङ हुने भएको हो ।
अटो शोमा ५५ वटा ब्राण्डका गाडीको सहभागिता रहने नाडाले जनाएको छ । यसमध्ये २४ वटा चारपाङ्ग्रे ब्राण्ड, १९ वटा दुईपांग्रे र १२ वटा हल्का व्यावसायिक गाडीको सहभागिता हुनेछ ।
यसैगरी १३ वटा लुब्रिकेन्ट ब्राण्ड, ५ ब्राण्डका ब्याट्री र टायर्स, १३ वटा हेल्मेट विक्रेता कम्पनी, ५ वाणिज्य बैंक, एक विकास बैंक र एक इन्स्योरेन्स कम्पनीसहित जम्मा ९५ वटा प्रदर्शकहरू रहने छन् । अटो शोमा ७५ हजारभन्दा बढीको सहभागिता हुने नाडाको अनुमान छ ।
News Desk 0 response बिहिबार, भदौ ६, २०८१

सम्बन्धित शीर्षकहरु
-
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३
-
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३
-
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३



