

-
अमेरिकाका विश्वविद्यालयमा टेन्ट, अनुहारमा लगाउने मास्क र विरोध प्रदर्शनसँग सम्बन्धित अन्य सामग्री बन्देज गर्ने तयारी भएको छ । विद्यार्थीहरूले देश र विदेशका विभिन्न विषयलाई लिएर विरोध प्रदर्शन गर्ने क्रम तीव्र बन्न थालेपछि विश्वविद्यालयमा टेन्ट, मास्क लगायतका विरोध प्रदर्शनमा प्रयोग हुने वस्तु प्रतिबन्ध लगाउने तयारी भइरहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
यो वर्षको शुरूमा प्यालेस्टाइनको समर्थनमा विद्यार्थीहरूको आन्दोलनले क्यालिफोर्निया विश्वविद्यालय अस्तव्यस्त बनेको थियो । युनिभर्सिटी अफ क्यालिफोर्नियाका अध्यक्ष माइकल वी ड्रेकले विश्वविद्यालयले आफ्ना क्याम्पसहरूमा थप स्थिरता ल्याउन धेरै कदम चाल्ने बताउनुभएको छ । क्याम्पिङ गर्ने, अनधिकृत संरचना बनाउने, अनुहार छोप्न वा पहिचान लुकाउनका लागि मास्क लगाउने लगायतका गतिविधिमा प्रतिबन्ध लगाउन उहाँले प्रस्ताव गर्नुभएको छ ।
गाजामा जारी इजरायल–हमास द्वन्द्वको बीचमा संयुक्त राज्य अमेरिकाभरि कलेज र विश्वविद्यालयहरूमा प्यालेस्टाइन समर्थक प्रदर्शन फैलिएको थियो । विश्वभर विभिन्न विषयलाई लिएर भइरहेका द्वन्द्वको पक्ष र विपक्षमा अमरिकी विश्वविद्यालयहरूमा आन्दोलन नहोस् भनेर प्रतिबन्धको तयारी गरिएको खबरमा उल्लेख छ ।
News Desk 0 response मङ्लबार, भदौ ४, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


