

-
दक्षिणी अफ्रिकाका ६ करोड ८० लाख जना मानिस खडेरीको मारमा परेका छन् । पानी निकै कम पार्ने र तापक्रम बढाउने मौसमी प्रणाली ‘एल निनो’ का कारण शुरू भएको खडेरीको प्रभाव ६ करोड ८० लाख जना मानिसमा परेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
यो अङ्ग्रेजी वर्षको शुरूदेखिको खडेरीले बाली तथा पशुपालनमा असर पारेको छ । खडेरीकै कारण खाद्यान्नको अभाव भएको छ भने अर्थतन्त्रमा व्यापक क्षति पुर्याएको छ ।
१६ वटा देश सदस्य रहेको दक्षिणी अफ्रिकी विकास समुदाय (एसएडीसी) का राष्ट्र प्रमुखहरू जिम्बावेको राजधानी हरारेमा खाद्य सुरक्षासहित क्षेत्रीय मुद्दाहरूको बारेमा छलफल गर्न भेला भएका छन् । एसएडीसीका कार्यकारी सचिव एलियास मागोसीले यो क्षेत्रको १७ प्रतिशत जनसङ्ख्यालाई सहायताको आवश्यकता रहेको बताएका छन् । एल निनोको प्रभावले वर्षा निकै ढिलो शुरू भएको, कम वर्षा भएको, गर्मी बढेको र खाद्यान्न उत्पादनमा कमी आएको उहाँको भनाइ छ ।
अहिले दक्षिणी अफ्रिकामा वर्षौँपछिको सबैभन्दा खराब खडेरी परिरहेको छ । जिम्बाबे, जाम्बिया र मलावी लगायतका देशहरूले भोकमरीको सङ्कटलाई विपत्तिको अवस्था घोषणा गरिसकेका छन् भने लेसोथो र नामिबियाले मानवीय सहयोगका लागि आह्वान गरेका छन् ।
खडेरीको प्रभाव कम गर्न देशहरूले गएको मे महिनामा साढे पाँच अर्ब डलर सहायताको अपील गरेकोमा सहायता रकम आउन सकेको छैन । अन्तर्राष्ट्रिय सहयोग नआउँदा नागरिकलाई राहत दिन असमर्थ भएको एङ्गोलाका राष्ट्रपति जोआओ लोरेन्कोले बताएका छन् ।
News Desk 0 response आइतवार, भदौ २, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


