• काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पर्सि बुधवार विश्वासको मत लिने भएका छन् ।

    यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाएर बुधवार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गरेका हुन् । सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत लिने गरी पत्र पठानुभएकोले प्रदेश सभा सचिवालयले आवश्यक व्यवस्थापन गरिरहेको जानकारी दिए ।

    नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहले विश्वासको मत लिइसकेपछि चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेका उनको सचिवालयले जनाएको छ ।