-
काठमाडौं : शेयरबजारमा निरन्तर दोस्रो कारोबार दिन कारोबार रकमले अलटाइम हाइ रेकर्ड बनाएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार २५ अर्ब ७७ करोडको शेयर खरिदबिक्री भएर भोल्यूममा अलटाइम हाइ रेकर्ड बनेको बजारमा, यस दिन २७ अर्बभन्दा बढीको शेयर किनबेच भएको हो।
यसदिन नेप्सेमा ३३९ स्टकको २ लाख ८३ हजार ४७ पटकको कारोबारमा २७ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरको ६ करोड ४८ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
साताको दोस्रो कारोबार दिन नेप्से भने साढे २ प्रतिशत बढेर २९०० विन्दुभन्दा माथि बन्द भएको छ। आइतबार साढे ९४ अंक बढेको नेप्से, यस दिन ७०.८१ अंक बढेर २९३१.६५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १०५६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.०६ अंक बढेको छ।
यस दिन ११ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सूर्यज्योति लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, भिजन लुम्बिनी उर्जा कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, शुभम् पावर, श्वेतगंगा हाइड्रोपावर, हिमालयन लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र अरुण काबेली पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्टको ९२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको कारोबार रकम ८४ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.८५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंकको ३ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ।
News Desk 0 response सोमवार, साउन २८, २०८१
सम्बन्धित शीर्षकहरु
संवैधानिक परिषद्को अर्को बैठक पर्सि सोमवार बस्ने
शनिबार, भदौ २९, २०८१भोटेकोशी नदीमा खसेको गाडी निकालियो
शनिबार, भदौ २९, २०८१युक्रेनलाई लामा दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिन पुटिनको चेतावनी
शुक्रबार, भदौ २८, २०८१लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित
शुक्रबार, भदौ २८, २०८१-
संवैधानिक परिषद्को अर्को बैठक पर्सि सोमवार बस्ने
शनिबार, भदौ २९, २०८१ -
भोटेकोशी नदीमा खसेको गाडी निकालियो
शनिबार, भदौ २९, २०८१ -
युक्रेनलाई लामा दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति..
शुक्रबार, भदौ २८, २०८१ -
लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित
शुक्रबार, भदौ २८, २०८१ -
माओवादीले संसदको अवरोधलाई निरन्तरता दिने
शुक्रबार, भदौ २८, २०८१
-
संवैधानिक परिषद्को अर्को बैठक पर्सि सोमवार बस्ने
शनिबार, भदौ २९, २०८१ -
भोटेकोशी नदीमा खसेको गाडी निकालियो
शनिबार, भदौ २९, २०८१ -
युक्रेनलाई लामा दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति..
शुक्रबार, भदौ २८, २०८१ -
लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित
शुक्रबार, भदौ २८, २०८१ -
माओवादीले संसदको अवरोधलाई निरन्तरता दिने
शुक्रबार, भदौ २८, २०८१
-
गृहकै ‘क्याडर’ गृहसचिव नियुक्त
शुक्रबार, भदौ २१, २०८१ -
निरन्तर आकर्षक अड्डा पाउने बदनाम भन्सार ..
बिहिबार, भदौ २०, २०८१ -
टिकटक प्रतिबन्ध हटाउन सम्बन्धित इन्टरनेट सेवा प्रदायक..
शुक्रबार, भदौ २१, २०८१ -
बिचौलियामार्फत रकम उठाउने मधेश प्रदेशका डिआईजी कार्वाहीका..
मङ्लबार, भदौ २५, २०८१ -
उमेरहदका कारण अवकाश नगर्न गुहार मागेका प्रहरीलाई..
बिहिबार, भदौ २०, २०८१