• काठमाडौं : आज बिहान काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

    शीतल निवासमा आज भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउने र सहयोगका क्षेत्र विस्तारबारे कुराकानी भएको थियो । राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर काम गर्नुपर्ने बताए । हिमाल र पानीको सुरक्षामा नै मानव जातिको सुरक्षा निर्भर रहेको हुनाले जलवायु परिवर्तनको असर न्यूनीकरणमा दुवै देश मिलेर काम गर्न जरुरी रहेको राष्ट्रपतिको भनाइ छ ।

    भेटमा भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुवै देशका लागि चुनौती रहेकाले यसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । आजै भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन् ।

    परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका हुन् । विदेश सचिव मिस्री भोलि स्वदेश फर्किनेछन् ।