

-
काठमाडौं : सरकारले सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार पद नै खारेज गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति सवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय गरेको हो । प्रचण्ड सरकारले यो निर्देशिका ल्याएर शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो ।
मुख्यसचिवका रुपमा बैरागीको कार्यकाल करिव ३ महिना बाँकी थियो । तर सचिवबाट अवकाश पाउन लागेका बैकुण्ठ अर्याललाई मुख्य सचिव बनाउने गरी बैरागीले ३२ जेठ २०८० मा मुख्य सचिवबाट राजीनामा दिए ।
त्यही दिन मन्त्रिपरिषद्ले अर्याललाई मुख्य सचिव र मुख्यसचिवबाट राजीनामा दिएका बैरागीलाई सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो ।
३१ असारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि भने बैरागी अप्ठ्यारोमा परे । सत्तारुढ दलका नेताहरुका अनुसार ओलीले राष्ट्रिय सुरक्षा सल्लाहकार पद नै नराख्ने बताए । त्यसपछि बैरागीलाई भारतका लागि राजदूत बनाउने आश्वासन सत्तारुढ कांग्रेसका सभापति शेरबहादुर देउवालाई दिएका थिए ।
त्यसअनुसार बैरागीले ९ साउनमा सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार पदबाट राजीनामा पनि दिए ।
तर प्रधानमन्त्री ओली बैरागीलाई भारतका लागि राजदूत बनाउन तयार भएनन् । बरु प्रचण्ड सरकारले फिर्ता बोलाएका डा। शंकर शर्मालाई निरन्तरता दिन सहमत भएका थिए ।
News Desk 0 response बिहिबार, साउन २४, २०८१

सम्बन्धित शीर्षकहरु
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



