-
बङ्गलादेशको संसद् विघटन भएको छ । राष्ट्रपति मोहम्मद शाहबुद्दिनले अन्तरिम सरकार गठनका लागि आज संसद् भङ्ग भएको घोषणा गरेका छन् ।
राष्ट्रपति शाहबुद्दिनले तीन वटै सेनाका प्रमुख, दलका नेता, नागरिक समाजका प्रतिनिधि र विद्यार्थी आन्दोलनका अगुवाहरूसँगको बैठकको निर्णयका आधारमा राष्ट्रिय संसद् विघटन गरेका बीबीसीले जनाएको छ । आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारतमा भागेपछि देशमा शान्ति सुरक्षा र नयाँ राजनीतिक बाटोका लागि संसद् विघटन भएको राष्ट्रपतिले बताएका छन् ।
यसैबीच प्रमुख विपक्षी पार्टी बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जिया रिहा भएकी छिन् । राष्ट्रपति मोहम्मद शाहबुद्धिनले रिहा गर्न दिएको निर्देशनअनुसार उनी रिहा भएकी बङ्गलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।
शेख हसिनाकी प्रमुख प्रतिस्पर्धी रहेकी जिया सन् २०१८ देखि जेलमा थिइन् । जियालाई शेख हसिनाले राजनीतिक पूर्वाग्रहकै आधारमा जेलमा थुनेको आरोप लागिरहेको थियो । यस्तै विद्यार्थी आन्दोलन र विभिन्न मुद्दामा थुनामा परेकाहरूलाई रिहा गर्ने प्रक्रिया शुरू भइसकेको पनि खबरमा उल्लेख छ ।
विद्यार्थीहरूले सैनिक नेतृत्वको सरकार मान्य नहुने बताएकाले सेनाले नोबल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख बनाउने तयारी थालेको छ ।
News Desk 0 response मङ्लबार, साउन २२, २०८१
सम्बन्धित शीर्षकहरु
संवैधानिक परिषद्को अर्को बैठक पर्सि सोमवार बस्ने
शनिबार, भदौ २९, २०८१भोटेकोशी नदीमा खसेको गाडी निकालियो
शनिबार, भदौ २९, २०८१युक्रेनलाई लामा दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिन पुटिनको चेतावनी
शुक्रबार, भदौ २८, २०८१लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित
शुक्रबार, भदौ २८, २०८१-
संवैधानिक परिषद्को अर्को बैठक पर्सि सोमवार बस्ने
शनिबार, भदौ २९, २०८१ -
भोटेकोशी नदीमा खसेको गाडी निकालियो
शनिबार, भदौ २९, २०८१ -
युक्रेनलाई लामा दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति..
शुक्रबार, भदौ २८, २०८१ -
लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित
शुक्रबार, भदौ २८, २०८१ -
माओवादीले संसदको अवरोधलाई निरन्तरता दिने
शुक्रबार, भदौ २८, २०८१
-
संवैधानिक परिषद्को अर्को बैठक पर्सि सोमवार बस्ने
शनिबार, भदौ २९, २०८१ -
भोटेकोशी नदीमा खसेको गाडी निकालियो
शनिबार, भदौ २९, २०८१ -
युक्रेनलाई लामा दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति..
शुक्रबार, भदौ २८, २०८१ -
लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित
शुक्रबार, भदौ २८, २०८१ -
माओवादीले संसदको अवरोधलाई निरन्तरता दिने
शुक्रबार, भदौ २८, २०८१
-
गृहकै ‘क्याडर’ गृहसचिव नियुक्त
शुक्रबार, भदौ २१, २०८१ -
निरन्तर आकर्षक अड्डा पाउने बदनाम भन्सार ..
बिहिबार, भदौ २०, २०८१ -
टिकटक प्रतिबन्ध हटाउन सम्बन्धित इन्टरनेट सेवा प्रदायक..
शुक्रबार, भदौ २१, २०८१ -
बिचौलियामार्फत रकम उठाउने मधेश प्रदेशका डिआईजी कार्वाहीका..
मङ्लबार, भदौ २५, २०८१ -
उमेरहदका कारण अवकाश नगर्न गुहार मागेका प्रहरीलाई..
बिहिबार, भदौ २०, २०८१