

-
काठमाडौं : शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज एक सय ४५ दशमलव शून्य पाँच अङ्कले घटेर दुई हजार ६ सय ५१ दशमलव ३२ विन्दुमा झरेको छ ।
नेप्से आज अहिलेसम्मकै धेरै अङ्कले घटेको हो । बिहान ११ बजेर १७ मिनेटमा बढेर दुई हजार आठ सय १५ विन्दुमा पुगेको नेप्से बन्द हुने बेलामा उच्च अङ्कले ओरालो लाग्यो ।
आज सबै समूहको शेयर घटेकोमा बीमा, होटल, उत्पादन, विकास बैंक, बैंकिङ, फाइनान्स, जलविद्युत्, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज आठ वटा कम्पनीका शेयरमा नकारात्मक सर्किट लागेको छ । यस्तै १२ वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन थ्री स्टार जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।
बजार घटे पनि कारोबार रकममा भने ऐतिहासिक रेकर्ड कायम भएको छ । आज तीन सय २२ वटा कम्पनीका पाँच करोड ३८ लाख कित्ता शेयर २३ अर्ब ७१ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम अहिलेसम्मकै धेरै हो । यसअघि साउन १६ गते एकैदिन २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।
News Desk 0 response मङ्लबार, साउन २२, २०८१


सम्बन्धित शीर्षकहरु

पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी चल्ने सम्भावना : सतर्कता अपनाउन आग्रह
आइतवार, चैत्र २, २०८१-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची
आइतवार, चैत्र २, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी..
आइतवार, चैत्र २, २०८१ -
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली
शनिबार, चैत्र १, २०८१ -
दुना–टपरी उद्योगले प्लाष्टिकजन्य वस्तु विस्थापित
शनिबार, चैत्र १, २०८१
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची
आइतवार, चैत्र २, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी..
आइतवार, चैत्र २, २०८१ -
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली
शनिबार, चैत्र १, २०८१ -
दुना–टपरी उद्योगले प्लाष्टिकजन्य वस्तु विस्थापित
शनिबार, चैत्र १, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१ -
बाजुरामा भीरमा अड्किएका ८ जनाको उद्धार
सोमवार, फाल्गुन २६, २०८१ -
युक्रेन र अमेरिकाबीच ३० दिने अस्थायी युद्धविरामको..
बुधबार, फाल्गुन २८, २०८१