

-
काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहले कांग्रेस र एमालेका बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेश गरेका थिए । प्रदेश प्रमुख मियाँले केहीबेरअघि शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
अस्ति शुक्रवार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आज बेलुका ५ बजेसम्मका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका थिए । केन्द्रमा भएको नयाँ सत्ता समीकरण र सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाएको हो ।
सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत जुटाउन २७ जना सांसद आवश्यक पर्छ । कांग्रेसका १८ र एमालेका ११ जना सांसद हुँदा सहज बहुमत पुग्छ । नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाएको छ । नागरिक उन्मुक्ति पार्टीले लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने भएको छ । आजै मन्त्रीपरिषद् विस्तार गर्ने तयारी छ ।
शाहले यसअघि १४ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
News Desk 0 response आइतवार, साउन २०, २०८१

सम्बन्धित शीर्षकहरु
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



