

-
काठमाडौं : नेपालमा चर्चित रहेका केही भारतीय टेलिभिजन च्यानलले नेपालमा आफ्नो प्रसारण रोकेका छन् । दुई वर्षदेखि च्यानल प्रयोगवापतको भुक्तानी नपाएको भन्दै भारतीय टेलिभिजन नेटवर्कले आफ्ना च्यानलको प्रसारण बिहीवारदेखि रोकेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो ।
सरकारले विदेशी मुद्राको सिफारिस नदिएका कारण ति च्यानलको भुक्तानी नभएको सेवाप्रदायकले बताएका छन् । सरकारले २०७९ सालको चैत १५ गतेदेखि विदेशी टेलिभिजन च्यानलको विदेशी मुद्रा सिफारिस गरेको छैन । कानुनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या नरहेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताए ।
सरकारले २०८० सालको साउन १ गतेदेखी आलाकार्टा अर्थात् ग्राहकले हेर्न चाहेको च्यानलको मात्र पैसा तिर्ने मूल्य प्रणाली लागू गरेपछि भारतीय च्यानलले विरोध गर्दै आएका छन् । प्रत्येक च्यानलको छुट्टाछुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने उनीहरुको भनाइ छ । मन्त्रालयका अनुसार अहिले सबै विदेशी च्यानल प्रदायकको झन्डै एक अर्ब विदेशी मुद्रा सिफारिस हुनसकेको छैन ।
News Desk 0 response आइतवार, साउन २०, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


