

सुकुटे रिसोर्ट सरकारी जग्गामा,अख्तियारकै निर्देशन अवज्ञा गर्दै प्रमुख जिल्ला अधिकारी
यो रिसोर्ट माओवादी अध्यक्ष पुष्पकमल दाहालले तनाव व्यवस्थापन गर्ने ठाउँ हो । उनै दाहालकी छोरी मेयर भएको जिल्ला चितवनमा प्रमुख जिल्ला अधिकारी भएर बसेका थापालाई दाहाल प्रधानमन्त्री भएकै बेला सिन्धुपाल्चोक पठाईएको हो ।
-
सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको सुकुटे विच क्याम्प एडभेन्चर रिसोर्टले सरकारी जग्गा अतिक्रमणगरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ ।
कित्ता नम्बर ४३४ र ४२९ को पुरै सरकारी जग्गा र कित्ता नम्बर ४३५ को आंशिक जग्गा गैरकानुनी रुपमा कब्जा गरि रिसोर्ट संचालन गरेको कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख ३० गते जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र चौतारा साँगाचोकगढी नगरपालिकालाई कानुन बमोजिम अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन निर्देशन दिएको थियो । तर, सुकुटे विच रिसोर्टका मालिक महेन्द्र सिंह थापाले सेटिङ गरेर सिन्धुपाल्चोक ल्याएको हुँ भन्दै आएका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको असहयोगका कारण हालसम्म पनि उक्त रिसोर्ट खाली गराउन सकेको छैन ।
रिसोर्ट संचालक महेन्द्र सिंह थापाको प्रभावमा परेर प्रमुख जिल्ला अधिकारी थापाले अख्तियारको पत्र तथा निर्देशनलाई समेत वेवास्ता गरेका छन् । अख्तियारले गत वैशाख ३० गते मात्रै होइन पछिल्लो ताकेता समेत गरेको छ । तर, प्रमुख जिल्ला अधिकारी थापाले अख्तियारको निर्देशनलाई मात्रै होइन सिडिओ कार्यालयले गरेको छानबीन प्रतिवेदन समेत गायब बनाएका छन् । छानबीन प्रतिवेदनमा सरकारी जग्गा अतिक्रमण गरिएको ठहर गरेर अख्तियारलाई प्रतिवेदन बुझाइएको थियो । स्मरणीय छ, यो रिसोर्ट माओवादी अध्यक्ष पुष्पकमल दाहालले तनाव व्यवस्थापन गर्ने ठाउँ हो । उनै दाहालकी छोरी मेयर भएको जिल्ला चितवनमा प्रमुख जिल्ला अधिकारी भएर बसेका थापालाई दाहाल प्रधानमन्त्री भएकै बेला सिन्धुपाल्चोक पठाईएको हो ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यापालिका बैठकले समेत अख्तियारको निर्देशाअनुसार सार्वजनिक जग्गा खाली गराउने निर्णय गरिसकेको छ । गत असार ७ गते मेयर कृष्ण प्रसाद सापकोटासहितको कार्यापालिका बैठकले अतिक्रमित सरकारी जग्गा संरक्षण गर्ने र कानुनअनुसार सबै अधिकार वडा कार्यालयलाई जिम्मेवारी दिएको थियो । कार्यापालिका बैठकको निर्णय अनुसार वडा नम्बर ३ लाई अख्तियारी समेत दिएको छ । तर, वडा कार्यालयले जिल्ला प्रशासन कार्यायसँग सम्पूर्ण आवश्यक कागजात माग्दा समेत कार्यालय मौन छ । गत साउन ३ गते वडाअध्यक्ष बिमल श्रेष्ठले नगरपालिकाको निर्णय र अख्तियारको निर्देशाअनुसारको सम्पूर्ण प्रतिवेदन माग गर्दै सिडिओ कार्यालयलाई पत्राचार गरेको छ । तर, प्रमुख जिल्ला अधिकारी थापाले निवेदन समेत दर्ता नै नगरी सम्पर्क विहिन भएको आरोप छ । प्रमुख जिल्ला अधिकारी थापालाई रिसोर्ट संचालक थापाले आर्थिक प्रभाव र दबावमा पारेर निवेदन समेत दर्ता नगरेको आरोप छ ।
माओवादी केन्द्र निकट व्यक्तिहरुलाई रिजाएर सरकारी जग्गा नै अतिक्रमण गरेपनि संरक्षण पाइरहेका थापाले पछिल्लो समय कांग्रेस नेताहरुलाई समेत हात लिने कोशिस गरिहेका छन् । नेपाली कांग्रेस सत्तामा आएसँगै उनले कांग्रेस नेताहरुको चाकडीमा आफूले हडपेको सार्वजनिक जग्गालाई बैधता दिने कोशिसमा थापा छन् । उनले यही प्रयोजन अन्तर्गत उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई समेत भेटिसकेका छन् । सिंह समक्ष उनले मन्त्रिपरिषदबाट निर्णय गराएर भएपनि सार्वजनिक जग्गा हत्याउन याचना गरेका थिए ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई सम्पर्क गर्दा उनले सुकुटे विचलाई सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरिसकेको बताए ।
News Desk 0 response शनिबार, साउन १९, २०८१


सम्बन्धित शीर्षकहरु
-
आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै
सोमवार, चैत्र १०, २०८१ -
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१ -
म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना
सोमवार, चैत्र १०, २०८१ -
प्तीमा फोहरबाट इन्टरलक र टायल उत्पादन सुरु
सोमवार, चैत्र १०, २०८१
-
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१ -
म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना
सोमवार, चैत्र १०, २०८१ -
प्तीमा फोहरबाट इन्टरलक र टायल उत्पादन सुरु
सोमवार, चैत्र १०, २०८१ -
गण्डकी प्रदेशद्वारा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन..
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
शिक्षकहरूको तालिमको मोडल परिवर्तन गर्दै शिक्षा मन्त्रालय
आइतवार, चैत्र ९, २०८१ -
राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ संभावित..
आइतवार, चैत्र ९, २०८१